-
RSS should be evolved into a leading news hub : Minister Banskota
https://www.badalnepal.com/6787Kathmandu, Feb 19 : Minister for Communications and Information Technology, Gokul Prasad Banskota, has urged Rastriya Samachar Samiti (RSS), the national news agency, to further refine its service, keeping in mind the national responsibility and need in keeping with the changing time. Addressing the 58th anniversary function of RSS here today, he said the National News Agency should play its role as the leading institution in the production, dissemination and distribution of news. “Give news about public interests not only that of the government. Establish yourself as the leading organisation. The government would provide the necessary support,” he said. The Communications and Information Technology Minister suggested RSS to internalize its role of establishing access to factual information and communications while calling for practicing genuine journalism.
Stressing on the need of developing RSS into a centre of creativity and as a ‘mill’ producing objective and truthful news, he said, “Give up the thinking that you are the government news agency. Do the genuine journalism. The government will always be with you.” Minister Banskota, saying that he himself had broached stationing RSS correspondents in India, China, the United Nations and other places, called on RSS to formulate apt policy, plans and programmes and also to implement them. As he said, all kinds of cooperation would be there from the side of the government and the Ministry to the policy and plans to be brought to establish RSS as the leading institution.
The Minister also directed the RSS management to also bring the institution’s physical properties to multiple-use.
RSS Executive Chairman Shyamal Adhikari said the news agency’s management was always effortful to developing RSS into a resourceful news institution.Noting that they were moving ahead internalizing the duty and responsibility of making the institution more professional, Chairman Adhikari vowed to correct the technical lapses from the institution, if any, in the coming days.
He shared that a plan has been brought of carrying out works forming teams of professional journalists in all the seven provinces in line with the federal set-up. He added that the RSS was also planning to publish news bulletins in the official language determined by the province governments from the province capitals itself. Stating that the plan and concept has been brought aimed at moving ahead creating history, RSS chairman reiterated that success would be possible only through collective efforts and that RSS would be in a position to disseminate positive news.
General Manager Opendra Sharma said that RSS has been moving ahead gradually as the professional, capable and leading institution by improving it as per the time.Saying the journey of RSS, started from litho print has now adopted modern online system, he said they have been involved with dedication to make the RSS further developed and disciplined in days ahead. GM Sharma further said that a plan has been made to collect news from all 753 local levels, editing and publishing it, which has moved ahead in the phase of implementation. He said that arrangement has been made to collect news, editing and publishing it from province level along with implementation of federalism, as well as process to appoint reporters in India, China and UN has moved ahead. Similarly, former Chairperson of RSS, Radheshyam Bista, said that RSS would bear the responsibility for the dissemination of fact and trustworthy news. Pointing out the need of investigation and training to disseminate balanced and fair news, he clarified that only the RSS would protect people’s rights to get fact information.
Likewise, Secretary of the Federation of Nepali Journalists, Sheetal Mahato, expressed the view that the government should give special attention to develop RSS as strong, capable and leading institution to improve Nepali journalism while FNJ RSS Chapter President Narayan Ghimire said that the role of RSS should be further expanded as per the changing time. Chairperson of Nepal National Employees’ Organisation, Prem Prasad Upadhyay, drew government’s attention for broader welfare of RSS making acts, rules and legal provisions timely. Similarly, Chair of RSS Employees Union, Kalika Khadka, stressed the need of collective initiative, saying there would be progress of the institution only from it. (RSS)
February 19, 2019 -
ICC Women T20 World Cup Qualifier Asia: Nepal beat Malaysia to win opening match
https://www.badalnepal.com/6784Kathmandu, Feb 19 : Nepal beat Malaysia by 34 runs in the opening match of the ICC Women T20 World Cup Qualifier -Asia 2019 going on in Thailand. In the match held in Bangkok-based Terdthai Cricket Ground, Nepal posted a target of 127 runs before the opponent team. In reply, Malaysia finished in 92 runs at the loss of seven wickets in all overs. Nepal’s Karuna Bhandari and Sarita Magar took two wickets each. Winning the toss, Nepal chose to bat first and garnered 126 runs at the loss of five wickets. Opening batswoman Sita Magar alone secured 42 runs and captain Rubina Chhetri played with unbeaten 33 runs. Kajol Shrestha contributed 16 runs; Indu Barma 13 and Neri Thapa made six runs to the Nepali team’s aggregate runs. Nepal is meeting Thailand in its second match on February 21, the UAE on February 22, Hong Kong on February 24, China on February 25 and Kuwait on February 27.
The winner of match based on the round-robin will be qualified to play in the ICC Women T20 Qualifier. (RSS)February 19, 2019 -
रासस को ५८ औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट समाचारदातालाई पुरस्कार प्रदान
https://www.badalnepal.com/6781काठमाडौँ, ७ फागुन : राष्ट्रिय समाचार समिति (रासस) ले ५८ औँ वार्षिकोत्सवका अवसरमा आज उत्कृष्ट ठहरिएका समाचारदातालाई समाचार, आलेख, फोटो र श्रव्य सामग्री विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राससका पूर्वअध्यक्ष तथा महाप्रबन्धक राधेश्याम विष्ट र पूर्वमहाप्रबन्धक तथा पत्रकार गोकुलप्रसाद पोखरेललाई विशेष सम्मान गर्नुभयो ।नेपाल पत्रकार महासङ्घ, रासस शाखाद्वारा स्थापित ‘रासस पत्रकारिता पुरस्कार’ वरिष्ठ समाचारदाता विष्णुप्रसाद नेपाल र उप–समाचारदाता नीरजकुमार गौतमलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही १० हजार रहेको छ ।त्यसैगरी रासस कर्मचारी सङ्घको तर्फबाट प्रदान गरिने ‘वासु रिमाल यात्री पुरस्कार’ अन्तर्राष्ट्रिय समाचार शाखा प्रमुख सोमनाथ लामिछाने (केन्द्रीय कार्यालय) र वरिष्ठ सवारी चालक केशव खत्री (केन्द्रीय कार्यालय) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार रहेको छ ।
त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रासस शाखाद्वारा स्थापित ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ प्रमुख समाचारदाता तीर्थ भट्टराई (केन्द्रीय कार्यालय) र उप–व्यवस्थापक रामलाल श्रेष्ठ (केन्द्रीय कार्यालय) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार ५०० रहेको छ । इमानदारीपूर्वक कार्य गरेबापत कार्यालय सहयोगी ज्ञानु तिमिल्सिनालाई सम्मान गरिएको छ ।
यो वर्षको ‘उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार’ उदयपुर जिल्लाका स्थानीय समाचारदाता (स्ट्रिङ्गर) हरिकुमार राईलाई प्रदान गरिएको छ ।उत्कृष्ट जिल्ला समाचारदाताकातर्फ प्रदेश नं ३ का कृष्णराम परियार (मकवानपुर) र काठमाडौँ उपत्यकाकी मीना घोरसाइने (काठमाडौँ) लाई पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट आलेखतर्फ प्रदेश नं ३ का आदित्य दाहाल (काठमाडौँ), काठमाडौँ उपत्यकाका समाचारदाता रमेश लम्साल र सिवी अधिकारी (काठमाडौँ) र अङ्ग्रेजी समाचार शाखाकी उपसम्पादक पवित्रा गुरागाईं (काठमाडौँ) पुरस्कृत हुनुभएको छ ।त्यसैगरी उत्कृष्ट फोटोतर्फ प्रदेश नं ३ का फोटोपत्रकार नवीन पौडेल (काठमाडौँ), उत्कृष्ट श्रव्यतर्फमा केन्द्रीय कार्यालय (प्रदेश नं ३) का वरिष्ठ समाचारदाता नारायणप्रसाद न्यौपाने (काठमाडौँ) ले पुरस्कार प्राप्त गर्नुभएको छ ।राससमा २० वर्ष अविछिन्न रुपमा स्थायी सेवा पूरा गर्नु हुने लेखा शाखा प्रमुख रुद्रमणि अधिकारी (केन्द्रीय कार्यालय), प्राविधिक शाखा प्रमुख धीरेन्द्रकुमार दत्त (केन्द्रीय कार्यालय) र वरिष्ठ सम्पादक मोहिनी रिसाल (केन्द्रीय कार्यालय) लाई दीर्घसेवा तथा पुरस्कार प्रदान गरिएको छ ।राज्यको एकमात्र आधिकारिक समाचार समिति रासस विसं २०१८ फागुन ७ गते स्थापना भएको थियो । यसले विभिन्न आमसञ्चार माध्यमका लागि समाचार, आलेख, फोटो, श्रव्य सामग्री, अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचार सेवा उपलब्ध गराउँदै आएको छ । (रासस)
February 19, 2019 -
राससको प्रस्तावनाप्रति प्रदेश सरकार गम्भीर छ : कानूनमन्त्री यादव
https://www.badalnepal.com/6777जनकपुरधाम, ७ फागुन : प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले राससबाट आएको प्रादेशिक अवधारणासहितको प्रस्तावनालाई गम्भीररुपमा लिएको बताउनुभएको छ ।राससको ५८औँ वार्षिकोत्सवको अवसरमा प्रदेश नं २ को राजधानी जनकपुरधाममा आज आयोजित “सङ्घीय संरचनामा राससको भूमिका” विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले राससलाई सङ्घीय संरचनाअनुसार कसरी अगाडि बढाउनेलगायतका सुझावसहितको प्रदेश सरकारलाई बुझाएको प्रस्तावनाप्रति सरकार गम्भीर रहेको बताउनुभयो ।मन्त्री यादवले प्रदेश सरकारबाट सदनमा दर्ता गराइएको सञ्चारसम्बन्धी विधेयकमा यस प्रस्तावलाई समेट्ने प्रयास गरिएको उल्लेख गर्दै प्रदेश सरकार राससका लागि छुट्टै विनियमावली बनाएर अघि बढ्ने बताउनुभयो । विभिन्न पक्षबाट व्यापक छलफल गरेर सरकारले संसद्मा सञ्चारसम्बन्धी विधेयक दर्ता गराएको र फागुन १५ गते बस्ने प्रदेशसभा बैठकमा यसलाई प्रस्तुत गरिने जानकारी दिनु हुँदै फागुन मसान्तभित्रै सो विधेयक पारित गराएर प्रदेशस्तरीय प्रेस काउन्सिल स्थापना गर्ने बताउनुभयो ।
मन्त्री यादवले सञ्चार क्षेत्रलाई स्वतन्त्र र निष्पक्ष बनाउन प्रदेश सरकारले कुनै अङ्कुश नलगाउने प्रतिबद्धता व्यक्त गर्नुहुँदै सञ्चार क्षेत्र बलियो भए मात्र सङ्घीय र प्रदेश बलियो हुने भएकाले सञ्चार क्षेत्रलाई बलियो बनाउन प्रदेश सरकारले सञ्चारसम्बन्धी विधेयक ल्याउन लागेको स्पष्ट पार्नुभयो ।जनताले सोेचेकोजस्तो प्रदेश सरकारले काम गर्न नसके पनि विकासको चार चरणमध्ये महत्वपूर्ण चरण हलचलको चरणबाट माथि उठेर कानून बनाउने चरणसम्म पुगेको कुरालाई उपलब्धिको रुपमा लिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विकासका लागि सबैभन्दा महत्वपूर्ण र जग हाल्ने चरण हलचलको चरण हो, त्यसलाई प्रदेश सरकारले पार गरिसकेको छ, अब कानून बनाएर अघि बढ्ने हो । त्यसपछि विकास र समृद्धिले गति लिन्छ ।”प्रहरी र सुरक्षाको विषय प्रदेश सरकारको अधिकारको विषय भएको संविधानले नै सुनिश्चित गरिसकेको अवस्थामा प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकारभन्दा शक्तिशाली बनाउन खोजेको आरोप लगाउँदै मन्त्री यादवले यसबाट सङ्घीय सरकारले प्रदेशको अधिकार खोसेर सङ्घीयतालाई कमजोर बनाउन खोजेको आरोपसमेत लगाउनुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार राजेश्वर नेपालीले समयसापेक्ष रुपमा राससले पनि आफ्नो सेवामा स्तरीयता बढाउँदै जानु आवश्यक रहेको बताउँदै राससले सरकार र जनताबीच पुलको भूमिकामा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सरकार र नेताको मात्र होइन, गाउँका निमुखा, उत्पीडित समुदायको समेत समस्यालाई राससले प्राथमिकता दिनुपर्ने सुझाव दिदैं जनताको सवाललाई गहनरुपमा उठाउन सकिए राससको अगामी यात्रा सहज हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।त्यस्तै अर्का वरिष्ठ पत्रकार तथा साहित्यकार रामभरोस कापडीले समयसापेक्ष रुपमा राससलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिदैं सरकारले राससलाई प्रतिस्पर्धी र त्यसमा कार्यरत सञ्चारकर्मीको जीवनवृत्ति, विकासमा ठोस नीति बनाउन आवश्यक रहेको बताउनुभयो ।रासस प्रदेश नं २ का प्रमुख हिमांशु चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शैलेन्द्र झा, महासङ्घका प्रदेश नं २ महासचिव किरण कर्ण, महासङ्घका धनुषा अध्यक्ष अनिल मिश्र, सामुदायिक रेडियो प्रसारक सङ्घका प्रदेश नं २ अध्यक्ष अशोक दत्तलगायतले राससमा बढ्दै गएको राजनीतिक नियुक्ति गर्ने परिपाटीका कारण राससप्रति हेर्ने आम सञ्चार जगत्को दृष्टिकोण केही नाकारात्मक भएको भन्दै राससलाई मर्यादित, निष्पक्ष, लोक कल्याणकारी, खोजमूलक, प्रेरणादायी र तथ्यपरक बनाउनुपर्ने सुझाव दिनुभयो ।
श्रमजीवी पत्रकार ऐन बनिसकेको अवस्थामा त्यसको कार्यान्वयन नहुनु दुःखद् पक्ष भएको भन्दै उनीहरुले सरकारी स्वामित्वको सञ्चारमाध्यमबाटै यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा राससको स्थापनाकालमै राससका लागि समाचार सङ्कलन गरी योगदान पुयाएबापत वरिष्ठ पत्रकार राजेश्वर नेपालीलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै राससमा प्रदेश नं २ बाट उत्कृष्ट जिल्ला समाचारदाताको रुपमा अरुणकुमार यादव (सप्तरी), उत्कृष्ट आलेखतर्फ सञ्जीतकुमार मण्डल (महोत्तरी) र उत्कृट फोटोतर्फबाट विजयकुमार महतो (पर्सा) लाई पुरस्कृत गरिएको छ । उत्कृष्ट हुनेलाई कदरपत्रसहित जनही नगद रु पाँच हजारको दरले मन्त्री यादवले पुरस्कार प्रदान गर्नुभयो ।राससका धनुषा संवाददाता अजयकुमार साहले सञ्चालन गरेको उक्त कार्यक्रममा राससका सिरहा प्रमुख राजु विश्वकर्माले राससको संक्षिप्त इतिहास र महत्वबारे प्रकाश पार्नुभयो । (रासस)
February 19, 2019 -
राजविराज स्वास्थ्य शिविर, उपचारका लागि प्रतिक्षा सूचीमा बसेका मोचीको लडेर मृत्यु
https://www.badalnepal.com/6774सप्तरी, ७ फागुन : नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाको आयोजनामा स्वास्थ्य शिविरमा राजविराजमा सञ्चालित बृहत् स्वास्थ्य शिविरमा आज एक बिरामीको मृत्यु भएको छ ।राजविराज नगरपालिका–५ मा राखिएको स्वास्थ्य शिविरमा उपचारका लागि आएका सप्तरीको कञ्चनरुप नगरपालिका–६ धर्मपुर का ६२ वर्षीया गङ्गा मोचीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । गए रातिदेखि नै उपचारका लागि प्रतिक्षा सूचीमा बसेका मोचीको आज बिहान पिसाब गर्न गएको बेला लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । मृतकका श्रीमती धनेश्वरी मोचीका अनुसार मृतक गङ्गा मुटु, पायल्स र टिबी रोगबाट ग्रसित थिए ।घटनाप्रति गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिवार मर्माहत भएको भन्दै आज प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले एक विज्ञप्ति जारी गरी श्रद्धाञ्जलि एवं शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।
अस्पतालले जनाएअनुसार शिविरमा हालसम्म आठ हजार ९५४ बिरामीले ओपिडीबाट स्वास्थ्य सेवा लिएको र १८२ ले शल्यक्रिया गर्ने भएका छन् । शिविरमा छाती, मुटु, मानसिक, हाडजोर्नी, दन्त, नाक, कान, घाँटी, आँखा, छाला, स्त्रीरोग विशेषज्ञ साथै सर्जन डाक्टरद्वारा स्वास्थ्य परीक्षण र हर्निया, पायल्स, पुरुष ग्रन्थी, हाइड्रोसिल, पित्तथैली, पथरी, नाक, कान, घाँटी र पाठेघरसम्बन्धी शल्यक्रिया गरिँदै छ ।मोबाइल अस्पतालसहित आएका १२६ विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीको टोलीले एकै स्थानमा थुप्रै किसिमका रोगको उपचार गर्ने थाहा पाएपछि सप्तरी, सिरहा, उदयपुर, सुनसरी र छिमेकी मुलुक भारतको विहारबाट धेरै सङ्ख्यामा बिरामी सेवा लिइरहेका छन् ।राजविराजमा गत फागुन १ गते एक समारोहका बीच उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य शिविरको उद्घाटन गर्नुभएको थियो । (रासस)
February 19, 2019
RSS should be evolved into a leading news hub : Minister Banskota
Kathmandu, Feb 19 : Minister for Communications and Information Technology, Gokul Prasad Banskota, has urged
Kathmandu, Feb 19 : Minister for Communications and Information Technology, Gokul Prasad Banskota, has urged Rastriya Samachar Samiti (RSS), the national news agency, to further refine its service, keeping in mind the national responsibility and need in keeping with the changing time. Addressing the 58th anniversary function of RSS here today, he said the National News Agency should play its role as the leading institution in the production, dissemination and distribution of news. “Give news about public interests not only that of the government. Establish yourself as the leading organisation. The government would provide the necessary support,” he said. The Communications and Information Technology Minister suggested RSS to internalize its role of establishing access to factual information and communications while calling for practicing genuine journalism.
Stressing on the need of developing RSS into a centre of creativity and as a ‘mill’ producing objective and truthful news, he said, “Give up the thinking that you are the government news agency. Do the genuine journalism. The government will always be with you.” Minister Banskota, saying that he himself had broached stationing RSS correspondents in India, China, the United Nations and other places, called on RSS to formulate apt policy, plans and programmes and also to implement them. As he said, all kinds of cooperation would be there from the side of the government and the Ministry to the policy and plans to be brought to establish RSS as the leading institution.
The Minister also directed the RSS management to also bring the institution’s physical properties to multiple-use.
RSS Executive Chairman Shyamal Adhikari said the news agency’s management was always effortful to developing RSS into a resourceful news institution.
Noting that they were moving ahead internalizing the duty and responsibility of making the institution more professional, Chairman Adhikari vowed to correct the technical lapses from the institution, if any, in the coming days.
He shared that a plan has been brought of carrying out works forming teams of professional journalists in all the seven provinces in line with the federal set-up. He added that the RSS was also planning to publish news bulletins in the official language determined by the province governments from the province capitals itself. Stating that the plan and concept has been brought aimed at moving ahead creating history, RSS chairman reiterated that success would be possible only through collective efforts and that RSS would be in a position to disseminate positive news.
General Manager Opendra Sharma said that RSS has been moving ahead gradually as the professional, capable and leading institution by improving it as per the time.
Saying the journey of RSS, started from litho print has now adopted modern online system, he said they have been involved with dedication to make the RSS further developed and disciplined in days ahead. GM Sharma further said that a plan has been made to collect news from all 753 local levels, editing and publishing it, which has moved ahead in the phase of implementation. He said that arrangement has been made to collect news, editing and publishing it from province level along with implementation of federalism, as well as process to appoint reporters in India, China and UN has moved ahead. Similarly, former Chairperson of RSS, Radheshyam Bista, said that RSS would bear the responsibility for the dissemination of fact and trustworthy news. Pointing out the need of investigation and training to disseminate balanced and fair news, he clarified that only the RSS would protect people’s rights to get fact information.
Likewise, Secretary of the Federation of Nepali Journalists, Sheetal Mahato, expressed the view that the government should give special attention to develop RSS as strong, capable and leading institution to improve Nepali journalism while FNJ RSS Chapter President Narayan Ghimire said that the role of RSS should be further expanded as per the changing time. Chairperson of Nepal National Employees’ Organisation, Prem Prasad Upadhyay, drew government’s attention for broader welfare of RSS making acts, rules and legal provisions timely. Similarly, Chair of RSS Employees Union, Kalika Khadka, stressed the need of collective initiative, saying there would be progress of the institution only from it. (RSS)
ICC Women T20 World Cup Qualifier Asia: Nepal beat Malaysia to win opening match
Kathmandu, Feb 19 : Nepal beat Malaysia by 34 runs in the opening match of
Kathmandu, Feb 19 : Nepal beat Malaysia by 34 runs in the opening match of the ICC Women T20 World Cup Qualifier -Asia 2019 going on in Thailand. In the match held in Bangkok-based Terdthai Cricket Ground, Nepal posted a target of 127 runs before the opponent team. In reply, Malaysia finished in 92 runs at the loss of seven wickets in all overs. Nepal’s Karuna Bhandari and Sarita Magar took two wickets each. Winning the toss, Nepal chose to bat first and garnered 126 runs at the loss of five wickets. Opening batswoman Sita Magar alone secured 42 runs and captain Rubina Chhetri played with unbeaten 33 runs. Kajol Shrestha contributed 16 runs; Indu Barma 13 and Neri Thapa made six runs to the Nepali team’s aggregate runs. Nepal is meeting Thailand in its second match on February 21, the UAE on February 22, Hong Kong on February 24, China on February 25 and Kuwait on February 27.
The winner of match based on the round-robin will be qualified to play in the ICC Women T20 Qualifier. (RSS)
रासस को ५८ औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट समाचारदातालाई पुरस्कार प्रदान
काठमाडौँ, ७ फागुन : राष्ट्रिय समाचार समिति (रासस) ले ५८ औँ वार्षिकोत्सवका अवसरमा आज उत्कृष्ट
काठमाडौँ, ७ फागुन : राष्ट्रिय समाचार समिति (रासस) ले ५८ औँ वार्षिकोत्सवका अवसरमा आज उत्कृष्ट ठहरिएका समाचारदातालाई समाचार, आलेख, फोटो र श्रव्य सामग्री विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राससका पूर्वअध्यक्ष तथा महाप्रबन्धक राधेश्याम विष्ट र पूर्वमहाप्रबन्धक तथा पत्रकार गोकुलप्रसाद पोखरेललाई विशेष सम्मान गर्नुभयो ।नेपाल पत्रकार महासङ्घ, रासस शाखाद्वारा स्थापित ‘रासस पत्रकारिता पुरस्कार’ वरिष्ठ समाचारदाता विष्णुप्रसाद नेपाल र उप–समाचारदाता नीरजकुमार गौतमलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही १० हजार रहेको छ ।त्यसैगरी रासस कर्मचारी सङ्घको तर्फबाट प्रदान गरिने ‘वासु रिमाल यात्री पुरस्कार’ अन्तर्राष्ट्रिय समाचार शाखा प्रमुख सोमनाथ लामिछाने (केन्द्रीय कार्यालय) र वरिष्ठ सवारी चालक केशव खत्री (केन्द्रीय कार्यालय) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार रहेको छ ।
त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रासस शाखाद्वारा स्थापित ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ प्रमुख समाचारदाता तीर्थ भट्टराई (केन्द्रीय कार्यालय) र उप–व्यवस्थापक रामलाल श्रेष्ठ (केन्द्रीय कार्यालय) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार ५०० रहेको छ । इमानदारीपूर्वक कार्य गरेबापत कार्यालय सहयोगी ज्ञानु तिमिल्सिनालाई सम्मान गरिएको छ ।
यो वर्षको ‘उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार’ उदयपुर जिल्लाका स्थानीय समाचारदाता (स्ट्रिङ्गर) हरिकुमार राईलाई प्रदान गरिएको छ ।उत्कृष्ट जिल्ला समाचारदाताकातर्फ प्रदेश नं ३ का कृष्णराम परियार (मकवानपुर) र काठमाडौँ उपत्यकाकी मीना घोरसाइने (काठमाडौँ) लाई पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट आलेखतर्फ प्रदेश नं ३ का आदित्य दाहाल (काठमाडौँ), काठमाडौँ उपत्यकाका समाचारदाता रमेश लम्साल र सिवी अधिकारी (काठमाडौँ) र अङ्ग्रेजी समाचार शाखाकी उपसम्पादक पवित्रा गुरागाईं (काठमाडौँ) पुरस्कृत हुनुभएको छ ।
त्यसैगरी उत्कृष्ट फोटोतर्फ प्रदेश नं ३ का फोटोपत्रकार नवीन पौडेल (काठमाडौँ), उत्कृष्ट श्रव्यतर्फमा केन्द्रीय कार्यालय (प्रदेश नं ३) का वरिष्ठ समाचारदाता नारायणप्रसाद न्यौपाने (काठमाडौँ) ले पुरस्कार प्राप्त गर्नुभएको छ ।राससमा २० वर्ष अविछिन्न रुपमा स्थायी सेवा पूरा गर्नु हुने लेखा शाखा प्रमुख रुद्रमणि अधिकारी (केन्द्रीय कार्यालय), प्राविधिक शाखा प्रमुख धीरेन्द्रकुमार दत्त (केन्द्रीय कार्यालय) र वरिष्ठ सम्पादक मोहिनी रिसाल (केन्द्रीय कार्यालय) लाई दीर्घसेवा तथा पुरस्कार प्रदान गरिएको छ ।राज्यको एकमात्र आधिकारिक समाचार समिति रासस विसं २०१८ फागुन ७ गते स्थापना भएको थियो । यसले विभिन्न आमसञ्चार माध्यमका लागि समाचार, आलेख, फोटो, श्रव्य सामग्री, अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचार सेवा उपलब्ध गराउँदै आएको छ । (रासस)
राससको प्रस्तावनाप्रति प्रदेश सरकार गम्भीर छ : कानूनमन्त्री यादव
जनकपुरधाम, ७ फागुन : प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले राससबाट
जनकपुरधाम, ७ फागुन : प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले राससबाट आएको प्रादेशिक अवधारणासहितको प्रस्तावनालाई गम्भीररुपमा लिएको बताउनुभएको छ ।राससको ५८औँ वार्षिकोत्सवको अवसरमा प्रदेश नं २ को राजधानी जनकपुरधाममा आज आयोजित “सङ्घीय संरचनामा राससको भूमिका” विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले राससलाई सङ्घीय संरचनाअनुसार कसरी अगाडि बढाउनेलगायतका सुझावसहितको प्रदेश सरकारलाई बुझाएको प्रस्तावनाप्रति सरकार गम्भीर रहेको बताउनुभयो ।मन्त्री यादवले प्रदेश सरकारबाट सदनमा दर्ता गराइएको सञ्चारसम्बन्धी विधेयकमा यस प्रस्तावलाई समेट्ने प्रयास गरिएको उल्लेख गर्दै प्रदेश सरकार राससका लागि छुट्टै विनियमावली बनाएर अघि बढ्ने बताउनुभयो । विभिन्न पक्षबाट व्यापक छलफल गरेर सरकारले संसद्मा सञ्चारसम्बन्धी विधेयक दर्ता गराएको र फागुन १५ गते बस्ने प्रदेशसभा बैठकमा यसलाई प्रस्तुत गरिने जानकारी दिनु हुँदै फागुन मसान्तभित्रै सो विधेयक पारित गराएर प्रदेशस्तरीय प्रेस काउन्सिल स्थापना गर्ने बताउनुभयो ।
मन्त्री यादवले सञ्चार क्षेत्रलाई स्वतन्त्र र निष्पक्ष बनाउन प्रदेश सरकारले कुनै अङ्कुश नलगाउने प्रतिबद्धता व्यक्त गर्नुहुँदै सञ्चार क्षेत्र बलियो भए मात्र सङ्घीय र प्रदेश बलियो हुने भएकाले सञ्चार क्षेत्रलाई बलियो बनाउन प्रदेश सरकारले सञ्चारसम्बन्धी विधेयक ल्याउन लागेको स्पष्ट पार्नुभयो ।जनताले सोेचेकोजस्तो प्रदेश सरकारले काम गर्न नसके पनि विकासको चार चरणमध्ये महत्वपूर्ण चरण हलचलको चरणबाट माथि उठेर कानून बनाउने चरणसम्म पुगेको कुरालाई उपलब्धिको रुपमा लिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विकासका लागि सबैभन्दा महत्वपूर्ण र जग हाल्ने चरण हलचलको चरण हो, त्यसलाई प्रदेश सरकारले पार गरिसकेको छ, अब कानून बनाएर अघि बढ्ने हो । त्यसपछि विकास र समृद्धिले गति लिन्छ ।”प्रहरी र सुरक्षाको विषय प्रदेश सरकारको अधिकारको विषय भएको संविधानले नै सुनिश्चित गरिसकेको अवस्थामा प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकारभन्दा शक्तिशाली बनाउन खोजेको आरोप लगाउँदै मन्त्री यादवले यसबाट सङ्घीय सरकारले प्रदेशको अधिकार खोसेर सङ्घीयतालाई कमजोर बनाउन खोजेको आरोपसमेत लगाउनुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार राजेश्वर नेपालीले समयसापेक्ष रुपमा राससले पनि आफ्नो सेवामा स्तरीयता बढाउँदै जानु आवश्यक रहेको बताउँदै राससले सरकार र जनताबीच पुलको भूमिकामा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सरकार र नेताको मात्र होइन, गाउँका निमुखा, उत्पीडित समुदायको समेत समस्यालाई राससले प्राथमिकता दिनुपर्ने सुझाव दिदैं जनताको सवाललाई गहनरुपमा उठाउन सकिए राससको अगामी यात्रा सहज हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।त्यस्तै अर्का वरिष्ठ पत्रकार तथा साहित्यकार रामभरोस कापडीले समयसापेक्ष रुपमा राससलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिदैं सरकारले राससलाई प्रतिस्पर्धी र त्यसमा कार्यरत सञ्चारकर्मीको जीवनवृत्ति, विकासमा ठोस नीति बनाउन आवश्यक रहेको बताउनुभयो ।रासस प्रदेश नं २ का प्रमुख हिमांशु चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शैलेन्द्र झा, महासङ्घका प्रदेश नं २ महासचिव किरण कर्ण, महासङ्घका धनुषा अध्यक्ष अनिल मिश्र, सामुदायिक रेडियो प्रसारक सङ्घका प्रदेश नं २ अध्यक्ष अशोक दत्तलगायतले राससमा बढ्दै गएको राजनीतिक नियुक्ति गर्ने परिपाटीका कारण राससप्रति हेर्ने आम सञ्चार जगत्को दृष्टिकोण केही नाकारात्मक भएको भन्दै राससलाई मर्यादित, निष्पक्ष, लोक कल्याणकारी, खोजमूलक, प्रेरणादायी र तथ्यपरक बनाउनुपर्ने सुझाव दिनुभयो ।
श्रमजीवी पत्रकार ऐन बनिसकेको अवस्थामा त्यसको कार्यान्वयन नहुनु दुःखद् पक्ष भएको भन्दै उनीहरुले सरकारी स्वामित्वको सञ्चारमाध्यमबाटै यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा राससको स्थापनाकालमै राससका लागि समाचार सङ्कलन गरी योगदान पुयाएबापत वरिष्ठ पत्रकार राजेश्वर नेपालीलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै राससमा प्रदेश नं २ बाट उत्कृष्ट जिल्ला समाचारदाताको रुपमा अरुणकुमार यादव (सप्तरी), उत्कृष्ट आलेखतर्फ सञ्जीतकुमार मण्डल (महोत्तरी) र उत्कृट फोटोतर्फबाट विजयकुमार महतो (पर्सा) लाई पुरस्कृत गरिएको छ । उत्कृष्ट हुनेलाई कदरपत्रसहित जनही नगद रु पाँच हजारको दरले मन्त्री यादवले पुरस्कार प्रदान गर्नुभयो ।राससका धनुषा संवाददाता अजयकुमार साहले सञ्चालन गरेको उक्त कार्यक्रममा राससका सिरहा प्रमुख राजु विश्वकर्माले राससको संक्षिप्त इतिहास र महत्वबारे प्रकाश पार्नुभयो । (रासस)
राजविराज स्वास्थ्य शिविर, उपचारका लागि प्रतिक्षा सूचीमा बसेका मोचीको लडेर मृत्यु
सप्तरी, ७ फागुन : नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाको आयोजनामा स्वास्थ्य
सप्तरी, ७ फागुन : नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाको आयोजनामा स्वास्थ्य शिविरमा राजविराजमा सञ्चालित बृहत् स्वास्थ्य शिविरमा आज एक बिरामीको मृत्यु भएको छ ।राजविराज नगरपालिका–५ मा राखिएको स्वास्थ्य शिविरमा उपचारका लागि आएका सप्तरीको कञ्चनरुप नगरपालिका–६ धर्मपुर का ६२ वर्षीया गङ्गा मोचीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । गए रातिदेखि नै उपचारका लागि प्रतिक्षा सूचीमा बसेका मोचीको आज बिहान पिसाब गर्न गएको बेला लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । मृतकका श्रीमती धनेश्वरी मोचीका अनुसार मृतक गङ्गा मुटु, पायल्स र टिबी रोगबाट ग्रसित थिए ।घटनाप्रति गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिवार मर्माहत भएको भन्दै आज प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले एक विज्ञप्ति जारी गरी श्रद्धाञ्जलि एवं शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।
अस्पतालले जनाएअनुसार शिविरमा हालसम्म आठ हजार ९५४ बिरामीले ओपिडीबाट स्वास्थ्य सेवा लिएको र १८२ ले शल्यक्रिया गर्ने भएका छन् । शिविरमा छाती, मुटु, मानसिक, हाडजोर्नी, दन्त, नाक, कान, घाँटी, आँखा, छाला, स्त्रीरोग विशेषज्ञ साथै सर्जन डाक्टरद्वारा स्वास्थ्य परीक्षण र हर्निया, पायल्स, पुरुष ग्रन्थी, हाइड्रोसिल, पित्तथैली, पथरी, नाक, कान, घाँटी र पाठेघरसम्बन्धी शल्यक्रिया गरिँदै छ ।मोबाइल अस्पतालसहित आएका १२६ विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीको टोलीले एकै स्थानमा थुप्रै किसिमका रोगको उपचार गर्ने थाहा पाएपछि सप्तरी, सिरहा, उदयपुर, सुनसरी र छिमेकी मुलुक भारतको विहारबाट धेरै सङ्ख्यामा बिरामी सेवा लिइरहेका छन् ।राजविराजमा गत फागुन १ गते एक समारोहका बीच उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य शिविरको उद्घाटन गर्नुभएको थियो । (रासस)
बेलायती रक्षा राज्यमन्त्री चार दिवसीय भ्रमणमा बुधबार राजधानी आउँदै
काठमाडौँ, ७ फागुन : मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको
काठमाडौँ, ७ फागुन : मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपालको चार दिवसीय भ्रमणमा बुधबार राजधानी आउँदै हुनुहुन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानसेनापति पूर्णचन्द्र थापा र संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्रीबीच भेटवार्ता हुने कार्यक्रमसमेत रहेको यहाँस्थित बेलायती राजदूतवासले जनाएको छ । (रासस)
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु, सुरक्षाको प्रबन्ध
काठमाडौँ, ७ फागुन : पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु भएको छ ।महाशिवरात्रिका लागि पशुपति क्षेत्र
काठमाडौँ, ७ फागुन : पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु भएको छ ।महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले आठ उपसमितिको गठन गरी तयारी अघि बढाएको सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा÷दर्शन व्यवस्था, कोष सञ्चालक परिषद् सदस्य भगवतीप्रसाद देवको संयोकत्वमा चन्दन मन्दिर प्राङ्गण तथा रात्रिकालीन व्यवस्था र स्वयंसेवा परिचालन अनुगमन तथा पास व्यवस्था उपसमितिको गठन गरिएको छ ।यसैगरी परिषद् सदस्य राजुकुमार खत्रीको संयोजकत्वमा आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था र लाइट तथा साजसजावट, परिषद् सदस्य रमेशराज शिवाकोटीको संयोजकत्वमा साधुसन्त सेवा एवं धार्मिक कार्यक्रम, परिषद् सदस्य ध्रुव उप्रेतीको संयोजकत्वमा स्वास्थ्य, वातावरवण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था, परिषद् सदस्य घनश्याम उपाध्यायको संयोजकत्वमा प्रचारप्रसार व्यवस्था उपसमिति गठन भएको छ ।
तयारीका क्रममा रङ्गरोगन, बत्ती व्यवस्था, सुरक्षालगायतको तयारी तीव्ररुपमा अघि बढेको छ । महाशिवरात्रिका लागि साधुसन्त आउने क्रम पनि शुरु भइसकेको कोषले जनाएको छ । यस वर्ष पर्वका अवसरमा ११ लाखभन्दा बढीले मूल मन्दिरभित्रै प्रवेश गरेर पूजाआज एवं दर्शन गर्ने गरी तयारी गरिएको छ ।यस वर्ष भारतबाट धार्मिक पर्यटक बढी आउने अनुमान गरिएको छ । इलाहावादस्थित प्रयागराजमा भएको कुम्भलगत्तै महाशिवरात्रि परेकाले भारतीय पर्यटक बढ्ने कोषले जनाएको छ । कुम्भमा स्नान गरी मेला भरेका दर्शनार्थीले एउटा दिव्य शिवलिङ्गको दर्शन गर्नुपर्ने धार्मिक मान्यताका कारण भारतीयको सङ्ख्या बढ्ने छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्ष दुईपटक पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा गर्नुभएपछि भारतको विभिन्न प्रान्तका भक्तजनको मन्दिरमा भीड लागेको सदस्य सचिव ढकालले बताउनुभयो ।गत वर्षको महाशिवरात्रिदेखि पशुपति क्षेत्र विकास कोषले शुरु गरेको सहयोग अपेक्षारहित क्षेत्र बनाउने अभियानलाई यस वर्ष काठमाडौँ जिल्लाव्यापी बनाइएको छ । पशुपति क्षेत्रमा सोचेभन्दा राम्रो सफलता प्राप्त भएपछि नेपाल प्रहरी, काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रमलगायत सामाजिक संस्थाको सहकार्यमा जिल्लाव्यापी बनाइएको कोषका सदस्य उहाँले जानकारी दिनुभयो ।यस वर्ष फागुन २० गते सोमबार महाशिवरात्रि पर्व परेको छ । पर्वको एक महीना अघिदेखि नै भारतलगायत विभिन्न देशका धार्मिक पर्यटक पशुपतिनाथ मन्दिरमा आउने गर्छन् । पर्वका लागि तीनवटै सुरक्षा निकायको संयोजनमा पशुपति क्षेत्रमा सुरक्षाको प्रबन्ध गरिएको छ । (रासस)
चितवन, प्रजातन्त्र दिवसमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न
चितवन, ७ फागुन : राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज यहाँ अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ
चितवन, ७ फागुन : राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज यहाँ अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला मूलसमारोह समितिको आयोजनामा भएको कार्यक्रममा वक्ताले शहीदले पुयाएको योगदानको चर्चा गर्नुभएको थियो ।भरतपुर महानगरपालिकाकहा प्रमुख रेनु दाहालले विभिन्न चरणमा भएका आन्दोलनका बलले नेपालमा युगान्तकारी राजनीतिक परिवर्तन प्राप्त भएको भन्दै यसलाई संस्थागत गर्दै विकास, रोजगार र सुशासनमार्फत समृद्धिको बाटोमा सबै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले प्रजातान्त्रिक आन्दोलन गणतन्त्रको स्थापनासम्म आइपुगेको बताउँदै अब आर्थिक सामाजिक रूपान्तरणमा लाग्नुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तेजेन्द्र खड्काले शहीदले पुयाएको योगदानको चर्चा गर्नुभएको थियो । प्रजातन्त्र दिवसका अवसरमा आज बिहान चौबिसकोठीबाट समन्वय समितिको कार्यालयसम्म प्रभातफेरीको आयोजना गरिएको थियो । आजै रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । (रासस)
केन्द्रीय सदस्य वडाबाटै निर्वाचित हुनुपर्छ : नेता केसी
चितवन, ७ फागुन : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य पनि
चितवन, ७ फागुन : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य पनि वडाबाटै निर्वाचित भएर आउनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले महासमितिले दिएको सुझाव सबैले पालना गर्नुपर्ने बताउनुभयो । उहाँले वडा तहबाटै निर्वाचित हुने विषयमा पार्टी सभापतिले समेत सम्बोधन गर्नुभएकाले यसलाई कसैले हटाउन नसक्ने बताउनुभयो । वडा तहबाटनै निर्वाचित भएर केन्द्रीय समिति बन्यो भने पार्टी चलायमान हुने र कार्यकर्ताको भावनाको कदर हुने उहाँको भनाइ थियो ।
नेता केसीले काङ्ग्रेस अनेक किसिमका आरोह अवरोहका बीचमा पनि आफ्नो सिद्धान्तबाटपछि नहटेको बताउनुभयो । काङ्ग्रेसले अहिले समसामयिक रुपमा लोकतन्त्रसँग प्रत्यक्ष रुपमा सरोकार राख्ने विषयलाई उठान गर्दै आएको उहाँको भनाइ थियो । सरकारले भ्रष्टाचार शून्य बनाउने कुरा गरे पनि व्यवहारमा लागू नगरेको केसीको आरोप थियो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले भ्रष्टचारीलाई हेर्न सक्दिन भन्नुहुन्छ, तर उहाँकै अगाडि एकपछि अर्को भ्रष्टचारका काण्ड बाहिर आइरहेका छन् ।” (रासस)
प्रत्यक्ष निर्वाचन प्रणालीको पक्षमा महासङ्घ सकारात्मक
काभ्रेपलाञ्चोक, ७ फागुन : नेपाल पत्रकार महासङ्घले प्रस्ताव गरेको प्रत्यक्ष निर्वाचन प्रणालीको पक्षमा पत्रकार सङ्घ
काभ्रेपलाञ्चोक, ७ फागुन : नेपाल पत्रकार महासङ्घले प्रस्ताव गरेको प्रत्यक्ष निर्वाचन प्रणालीको पक्षमा पत्रकार सङ्घ सङ्गठनका नेतृत्व तथा प्रतिनिधि सकारात्मक देखिएका छन् ।नेपाल पत्रकार महासङ्घको आह्वान तथा काभे्र शाखाको आतिथ्यमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज सम्पन्न सर्वपक्षीय बैठकमा उपस्थित पत्रकार सङ्घ सङ्गठनका अध्यक्ष तथा प्रतिनिधिले महासङ्घको प्रत्यक्ष निर्वाचन प्रणालीमा जानेमा विषयमा प्रतिबद्धता जनाएका हुन् ।महासङ्घ अध्यक्ष गोविन्द आचार्यले महासङ्घको प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने प्रस्तावमा पत्रकार सङ्घ सङ्गठनका नेतृत्व तथा प्रतिनिधि सकारात्मक देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने प्रस्ताव राख्यौँ, बैठकमा उपस्थित अधिकांशले सहमत जनाउनुभएको छ, केहीले मात्रै आफ्नो सङ्गठनमा छलफल गरी आफ्नो धारणा दिने बताउनुभयो ।” बैठकमा वैचारिक पेशागत २० वटा सङ्घ सङ्गठनका अध्यक्ष तथा प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।महासङ्घ अध्यक्ष आचार्यका अनुसार महासङ्घ प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने लगायतका प्रस्ताव आउँदो फागुन ९ र १० गते पोखरामा आयोजना गरिएको केन्द्रीय विधान सभाले सर्वसम्मत् रुपमा पास गर्नेछ । यसअघि महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, प्रतिष्ठान र एशोसियटको निर्वाचन एकै दिन गर्ने निर्णय महासङ्घको प्रस्तावित विधानमा उल्लेख गरिएको छ ।
बैठकमा उपस्थित अधिकांशले महासङ्घको प्रस्तावमा सहमति जनाएको प्रेस चौतारी नेपालको अध्यक्ष गणेश बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी प्रत्यक्ष निर्वाचनको पक्षमै छौँ, बैठकमा उपस्थित ८० प्रतिशत पनि पक्षमै सहमत भएका छन् ।” उहाँका अनुसार बैठकमा केन्द्रीय अध्यक्षको उम्मेदवारका लागि १५ वर्ष महासङ्घको सदस्य हुनुपर्ने विषयमासमेत सहमति भएको छ ।बैठकमा महासङ्घ पूर्ण समानुपातिक प्रणालीमा जानुपर्ने विषय उठान गरिएपछि तत्काललाई त्यसतर्फ नजाने सहमति पनि भएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा पे्रस युनियनका अध्यक्ष बद्रि सिग्देल तथा उपाध्यक्ष ईश्वरी ओझाले पनि महासङ्घको प्रस्तावमा सहमति जनाउनुभएको छ । बैठकमा महासङ्घका उपाध्यक्ष एवं विधान मस्यौदा समितिका संयोजक विपुल पोखरेल, महासचिव रमेश विष्ट, प्रेस सङ्गठनका माधव नेपाल, राजेश राईलगायत उपस्थित हुनुहुन्थ्यो । (रासस)
विश्वकप क्वालिफायर: नेपालको विजयी शुरुआत
काठमाडौँ, ७ फगुन : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो
काठमाडौँ, ७ फगुन : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजीत गरेको छ ।थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा १२७ रनको लक्ष्य पच्छ्याएको मलेशियाले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा ९२ रन मात्र बनाएपछि नेपालले ३४ रनको जित निकालेको हो ।मलेशियाका लागि क्रिस्टिना बर्थ र विनिफ्रेड दूरी सिङ्घमले समान २१÷२१ तथा सासा आज्मीले १६ रन बनाइन् । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । नेपालकी करुना भण्डारी र सरिता मगरले समान दुई÷दुई विकेट लिए । कविता कुँवर र सीता रानामगरले समान एक÷एक विकेट लिए ।
यसअघि टस जितेको नेपालले पहिलो ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १२६ रन बनाएको थियो । नेपालका लागि शुरुआती ब्याट्सम्यान सीता रानामगरले ४२ रन जोडिन् । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाइन् । त्यस्तै काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले छ रन जोडिन् । मलेशियाका लागि दुराइ सिगम, शाशा आज्मी र जुमिका आज्मीले एक÷एक विकेट लिएका थिए । जितसँगै नेपालले एक खेलबाट दुई अङ्क जोडेको छ ।
दोस्रो खेल फागुन यही फागुन ९ गते थाइल्याण्डसँग, १० गते संयुक्त अरब इमिरेट्स (यूएई), फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा छानिनेछ ।एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । (रासस)
महोत्तरी, छाडा चौपायाले सडक ट्राफिक अस्तव्यस्त
बर्दिवास, ७ फागुन : महोत्तरी जिल्लाको बजार क्षेत्रका सडकमा छाडा चौपायाका कारण सवारी साधन आवागमनमा
बर्दिवास, ७ फागुन : महोत्तरी जिल्लाको बजार क्षेत्रका सडकमा छाडा चौपायाका कारण सवारी साधन आवागमनमा असर परेको छ । जिल्लाको उत्तरवर्ती मुख्य नगर बर्दिवास, गौशाला, भङ्गाहा, रामगोपालपुर र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरपालिका क्षेत्रका सडकमा छाडा चौपायाले गर्दा बाटो काट्न र हिँड्न कठिन भएको स्थानीयबासी बताउँछन । हिजो आज चौपाया छाडा छोड्ने चलन बजार क्षेत्रमा निकै बढेको छ ।चौपायामध्ये सडकमा धेरैजसो गाई देखिने गरेका छन् । दुई÷तीन गाईसँगै बाछाबाछी र गाई पछ्याउने साँढेले सडक ढाकेर हिँड्दा यात्रुलाई बाटो काट्न र सडक ट्राफिक व्यवस्थापनमा समस्या बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।जिल्लाका मुख्य बजारमध्ये बर्दिवास, गौशाला र जलेश्वरमा छाडा पशुवस्तुको जगजगी बढी छ । बर्दिवासमा त गत दशैँताका गाई पछ्याउँदै हिँडेको साँढेले एकैदिन १० जनालाई हानेर लडाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणसहित ठूलो जनशक्ति लगाएर नियन्त्रण गर्नुपरेको थियो ।
दूध दिउञ्जेल गाई घरमा बाँध्ने र थाकेपछि बाछाबाछीसहित खुला छाडिदिने प्रचलनले समस्या बढाएको हो । सडक र बजारक्षेत्रमा छाडा बजार र सडकमा छाडा छोडिएका चौपाय व्यवस्थापनमा सम्बन्धित व्यक्ति आफैँले सचेतता देखाउनु राम्रो विकल्प हुने बर्दिवास–२ का वडाध्यक्ष अभिराम प्याकुरेल बताउनुहुन्छ ।बालीनाली नोक्सान गर्ने र बजार एवं सडक क्षेत्रमा छाडा छाडिएका चौपाया नियन्त्रणमा लिएर काञ्जीहाउसमा राख्ने र त्यसको क्षतिपूर्ति सम्बन्धित पशुधनीबाट गराउने व्यवस्था स्थानीय तह (वडासमिति) ले मिलाउनु पर्ने भए पनि जिल्लाका १५ मध्ये कुनै स्थानीय तहले यो व्यवस्था गरेका छैनन् ।जिल्ला सदरमुकाम जलेश्वरमा गाई÷बाछाबाछी र गाई पछ्याउने साँढेबाहेक सुँगुर पनि छाडा छाड्ने गरिएको पाइन्छ । यसरी छाडा छाडिएका सुँगुरले त घरको भान्सा कोठासमेत पसेर नोक्सान पार्ने गरेको जलेश्वर–१ की श्यामकला चौधरी बताउनुहुन्छ ।अहिलेसम्म कानूनी कारवाही अघि बनढाउँदा चौपाया छाडा छाड्ने क्रम झन बढ्दै गएको स्थानीय कानून व्यवसायी उद्धव क्षेत्री बताउनुहुन्छ । (रासस)
प्रजातन्त्रमा जनता सर्वोच्च हुने भएकाले सरकार उनीहरुप्रति उत्तरदायी हुनुपर्ने आवश्यकता : राप्रपा अध्यक्ष लोहनी
काठमाडौँ, ७ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक व्यवस्थामा
काठमाडौँ, ७ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक व्यवस्थामा जनता सर्वोच्च हुने भएकाले सरकार उनीहरुप्रति उत्तरदायी हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।उनानसत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा जारी विज्ञप्तिमा देश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले देश र जनतालाई समृद्ध बनाउन प्रजातान्त्रिक मूल्य र मान्यताको शासन प्रणाली शुरुआत भएको आजको दिनको विशेष महत्व रहेको बताउनुभएको छ । विज्ञप्तिमा कानूनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकारजस्ता विशेषताको सम्वद्र्धन गरी जनताका अधिकार संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।
सोही पार्टीका अर्का अध्यक्ष पशुपति शम्शेर जबराले पनि प्रजातन्त्र दिवसका अवसरमा जनताका हकहित, अधिकारका प्राप्तिका लागि पार्टी प्रतिबद्ध रहेको बताउँदै प्रजातान्त्रिक व्यवस्थामा सरकारले आम नागरिकलाई मानव अधिकार, सामाजिक न्याय, सुरक्षा र सुशासनको प्रत्याभूति गराउनुपर्नेमा उहाँको जोड थियो । विसं २००७ फागुन ७ गते मुलुकमा १०४ वर्षको जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्रको शुरुआत भएको थियो । (रासस)
FSU election within April 13: Minister Pokharel
Pyuthan, Feb 19 : Minister for Education, Science and Technology, Giriraj Mani Pokharel, has stressed
Pyuthan, Feb 19 : Minister for Education, Science and Technology, Giriraj Mani Pokharel, has stressed on holding the election of the Free Students Union within April 13. At a press meet organised by Pyuthan chapter of Federation of Nepali Journalists at Nayabazaar today, Minister Pokharel said that the government has been involved to improve academic schedule for new education year, adding that it was necessary to move ahead taking the upcoming year as the year of educational reform by holding FSU election within this year.
Saying some acts have already been formulated and some are in this process, he said it was the common responsibility of the federal, provincial and local governments for the development of education sector. He further said that the government was in preparation to form High-Level Education Commission under chairmanship of the Prime Minister for reform in education sector as there was commercialization in education system after the movement of 2046/47 BS in the country. The Education Minister said the ministry has been engaged in formulating socialism-oriented education policy to link education with labour, labour with skill, skill with production and production with prosperity. (RSS)
Nobody should harbour ill-intention to take country backwards : PM Oli
Kathmandu, Feb 19 : Prime Minister KP Sharma Oli has called upon one and all
Kathmandu, Feb 19 : Prime Minister KP Sharma Oli has called upon one and all to contribute from their respective places towards materializing the many decades’ uninterrupted dream of the Nepalis for development and prosperity.The Prime minister made this call while addressing to the special ceremony organised on the occasion of the 69th Democracy Day at the Army Pavilion Tundikhel today.PM Oli said, “Now we should move ahead speedily towards good governance and development as our next journey was headed to that end.”Stating that Nepal has entered the present new age of federal democratic republic by practicing a completely new system, new dispensation and a new constitution, he reiterated that the situation has changed and with it the priorities of our work as well as our responsibilities.
“We are moving ahead in the direction of a full-fledged democracy with economic development and social justice, fighting against poverty, unemployment, backwardness, discrimination and lack of development, having defeated autocracy and dictatorship,” the Prime Minister said.Reiterating that presently the government was focussed on executing the responsibility of economic and social transformation with a goal of ‘Prosperous Nepal, Happy Nepali’, PM Oli said, “Investment conference is being held in April with the participation of the investors from within and outside the country.”He recalled that in the seven decades long journey of achieving the democracy, Nepal had received the moral support of not only of its citizens but also of its foreign friends.The PM mentioned about the campaign of upgrading Nepal from the status of least developed country to the status of developed country by 2022 and achieving the sustainable development goals by 2030. “We are committed to not let go off the opportunities by utilizing every moment, prospect and capacity.”
Prime Minister Oli said, ” In the course of long struggle for democracy, we Nepalis established the civic rights by putting to an end the system of rule based on the supremacy of the birth right. I pay tribute to all the respected known and unknown martyrs who sacrificed their life in the long and arduous struggle for securing democracy.”The Democracy Day is marked every year in commemoration of the glorious day of Fagun 7, 2007 BS on which the Nepali people overthrew the autocratic Rana oligarchy and established democracy.He said, “Today is the day to institutionalize the gained achievements as well as to make determination to move ahead after dedicating ourselves in movements held in the past for the establishment of democratic rights, remembering those, who sacrificed their lives for democracy as well as the historical day by reviewing the past weakness.”
Prime Minister Oli said those activities causing hindrance in the ongoing democratic process, development construction and discouraging foreign investment are condemnable. Saying the activities obstructing the campaign of making the country a prosperous would not be acceptable at any cost, he expressed determination that the government would take strict legal action against those involved in such activities. The Prime Minister said, “I again want to make it clear that no one should harbor ill intention to push the country backward.” (RSS)
Senior-most Justice Joshi resigns from post
Kathmandu, Feb 19 : Senior most justice of the Supreme Court, Deepak Raj Joshi, has
Kathmandu, Feb 19 : Senior most justice of the Supreme Court, Deepak Raj Joshi, has resigned from the post today. Joshi submitted his resignation to President Bidya Devi Bhandari, through Chief Justice of the Supreme Court, Cholendra Shumsher JB Rana. Newly appointed Chief Justice Rana relieved Joshi of his duties after his appointment to the post. (RSS)
चैत मसान्तभित्र स्ववियु निर्वाचन : मन्त्री पोखरेल
प्यूठान, ७ फागुन : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा
प्यूठान, ७ फागुन : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिनुभएको छ ।नेपाल पत्रकार महासङ्घ प्यूठान जिल्ला शाखाले आज मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागिएकाले यही शैक्षिक वर्षभित्रै स्ववियु निर्वाचन गरेर आगामी शैक्षिक वर्ष सुधारको वर्षको रुपमा अघि बढ्नुपर्ने बताउनुभएको हो । उक्त कार्यक्रममा ऐन, नीति, नियम निर्माणका साथैे समाजवादउन्मुख शिक्षा प्रणाली बनाइने उहाँको भनाइ थियो ।केही नीति पारित भएको केही निर्माणको क्रममा रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारको पनि साझा जिम्मेवारी भएको बताउनुभयो । (रासस)
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश जोशीद्वारा पदबाट राजीनामा
काठमाडौँ, ७ फागुन : सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ
काठमाडौँ, ७ फागुन : सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो ।संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उहाँले सर्वोच्च अदालतमा काम गरिरहनुभएको थियो ।प्रधानन्यायाधीश जबरा नियुक्त भएसँगै उहाँलाई न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरिएको थियो । उहाँ बिदामा बस्नुभएको थियो । उहाँको कार्यकाल आगामी जेठसम्म थियो । (रासस)
मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले गर्नु हुँदैन : प्रम ओली
काठमाडौँ, ७ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा
काठमाडौँ, ७ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पुयाउन आह्वान गर्नुभएको छ ।उनान्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले अबको हाम्रो यात्रा सुशासन र विकासतर्फ भएकाले हामीले तीव्र गतिका साथ त्यसतर्फ अघि बढ्नुपर्छ भन्नुभयो ।प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विल्कुलै नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गर्र्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नवीन युगमा प्रवेश गरेका छौँ । परिस्थिति बदलिएको छ, हाम्रा कामका प्राथमिकता पनि फेरिएका छन् । हाम्रो जिम्मेवारी पनि बदलिएको छ ।’’
निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्दै हामी अहिले गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध तथा आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई सुदृढ गर्ने दिशामा अग्रसर छौँ”, उहाँले भन्नुभयो ।यतिखेर सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को उद्देश्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्वदेश र विदेशका लगानीकर्ताको संलग्नतामा आउँदो चैत महीनामा लगानी शिखर सम्मेलनको आयोजना गरिँदैछ । लोकतन्त्र प्राप्तिको सात दशक लामो यात्रामा हामीले देशवासीको मात्रै हैन देश बाहिरका मित्रको पनि नैतिक समर्थन प्राप्त गरेका छौँ ।’’सन् २०२२ सम्ममा नेपाल अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नति र सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने अभियानमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गर्दै अवसरलाई गुम्न नदिन कटिबद्ध छौँ ।”
प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रजातन्त्रको लागि भएको लामो सङ्घर्षका क्रममा हामी नेपालीले जन्मसिद्ध श्रेष्ठताको आधारमा स्थापित शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गयौँ । प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा आफूलाई बलिदान गर्नुहुने सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु ।’’प्रजातान्त्रिक हक–अधिकारको स्थापनाका लागि विगतमा भएको अथक र अनवरत आन्दोलनमा आफूलाई समाहित गर्ने वीर÷विरङ्गनाको स्मरण गर्ने, नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासको सम्झना गर्ने र विगतमा भए÷गरेका कमी कमजोरीको समीक्षा गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गरी अघि बढ्ने सङ्कल्प गर्ने दिन पनि हो”, उहाँले भन्नुभयो ।अहिले द्वन्द्व व्यवस्थापन लगभग भइसकेको, द्वन्द्व व्यवस्थापनको सन्दर्भमा नेपालले मौलिक विधि अपनाएको, आफ्ना समस्या आफैँ हल गर्नसक्ने क्षमता प्रदर्शित भएको र अहिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढेको प्रधानमन्त्री ओलीले भनाइ छ ।
लोकतन्त्रका सामु केही नकारात्मक प्रवृत्ति पनि प्रतिविम्बित भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जारी लोकतान्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने जस्ता गतिविधि निन्दनीय रहेको बताउनुभयो ।नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास किमार्थ पनि स्वीकार्य हुन नसक्ने बताउँदै उहाँले यस्ता गतिविधि गर्नेविरुद्ध सरकार कडाइका साथ प्रस्तुत भई कानूनी कारवाही गर्ने दृढता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “म फेरि एकपल्ट स्पष्ट पार्न चाहन्छु, मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले पनि गर्नु हुँदैन ।’’विसं २००७ फागुन ७ गते आजकै दिन नेपालीको एकताबद्ध सङ्घर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको गौरवमय दिनको सम्झना र सम्मानमा हरेक वर्ष प्रजातन्त्र दिवस मनाइँदै आएको छ । (रासस)
राष्ट्रिय प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपति भण्डारी सरिक
काठमाडौँ, ७ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारी ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा
काठमाडौँ, ७ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारी ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक हुनुभयो । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ ।समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो ।सो अवसरमा उपप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत एवं कूटनीतिक नियोगका प्रमुखको उपस्थिति थियो । सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ अङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि गरिएको थियो । समारोहमा बेलुन र परेवासमेत उडाइएको थियो ।
त्यस अवसरमा ज्ञात–अज्ञात शहीदहरूप्रति उच्च सम्मान र श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो । समारोहमा राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटलगायतका सङ्घ संस्थाबाट मार्चपास गरिएको थियो ।समारोहमा काठमाडौँ र ललितपुर महानगरपालिका, भक्तपुर, मध्यपुर, थिमि, कीर्तिपुरद्वारा आ–आफ्नो क्षेत्रका विविध सांस्कृतिक झलकसहितका झाँकी प्रस्तुत गरिएको थियो ।कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलद्वारा राष्ट्रिय गीतका धुनहरुसहितको साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो । प्रजातन्त्र दिवसको कार्यक्रम हेर्न टुँडिखेल वरपर सर्वसाधारणको भीड लागेको थियो । उक्त समारोहको नेपाल टेलिभिजन र रेडियो नेपाललगायत विभिन्न विद्युतीय सञ्चार माध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए । (रासस)
राष्ट्रिय समाचार समितिको ५८औँ वार्षिकोत्सव मनाइँदै
काठमाडौँ, ७ फागुन : मुलुकको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) स्थापनाको
काठमाडौँ, ७ फागुन : मुलुकको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) स्थापनाको ५८औँ वार्षिकोत्सव आज मनाइँदैछ । विसं २०१७ फागुन ७ गते (१८ फेब्रुअरी १९६२) मा निजी क्षेत्रका दुई नेपाल संवाद समिति र सगरमाथा संवाद समिति गाभिएर सरकारी स्वामित्वमा राससको स्थापना भएको हो । राससका संस्थापक रामराज पौड्याल हुनुहुन्छ भने उहाँको अध्यक्षतामा गठन भएको समितिमा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा संवाद समितिका मणीन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य हुनुहुन्छ ।स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्य, तथ्य समाचार सङ्कलन एवम् वितरणको काम गर्दै आएको राससले हाल मुलुकको सङ्घीय संरचनानुकूल सातै प्रदेशमा कार्यालय स्थापना गरेको छ । प्रदेश नं ३ र कर्णाली प्रदेशमा बाहेक सबै प्रदेशमा यसका आफ्नै कार्यालय तथा अन्य जिल्ला कार्यालय छन् ।
फ्रान्सका अनुवादक तथा विज्ञापन व्यवसायी चाल्र्स लुइस हवासले पेरिसमा सन् १८३५ मा एजेन्सी फ्रान्स प्रेसको स्थापना गरी समाचार समिति पत्रकारिताको जग बसालेका थिए । राससले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइनजस्ता आमसञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ देखि राति ११ बजेसम्म न्यूजलाइनमार्फत निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ । राससले नेपाली, अङ्ग्रेजी, अन्तर्राष्ट्रिय समाचार, आलेख, अडियो, तस्वीरलगायत सेवा प्रदान गर्दै आएको छ । हाल राससमा १६१ स्थायी दरबन्दी र १५२ स्थानीय समाचारदाता कार्यरत छन् ।केन्द्रीय कार्यालय, भद्रकालीमा आज हुने समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाबाट कर्मचारी एवं पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरिनेछ । समारोहमा राससबाट गत वर्षका उत्कृष्ट छनोट भएका समाचारदाता, आलेख, श्रव्य र तस्वीर विधामा पुरस्कार प्रदान गरिनेछ । समारोहमा राससका समाचारदाता प्रकाश सिलवालद्वारा लिखित ‘नेपाली सङ्घीयतामा समाचार समिति’ नामक अनुसन्धानमा आधारित पुस्तक सार्वजनिक गरिनेछ । प्रदेशगतरूपमा छानिएका समाचारदातालाई रासस प्रदेश कार्यालयले आयोजना गर्ने कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ । यस वर्षदेखि राससले प्रदेशगतरूपमा पुरस्कार वितरण थालेको हो । (रासस)
आइसिसी महिला विश्वकप छनोट, नेपालद्वारा मलेशियासामु १२७ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ, ७ फागुन : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो
काठमाडौँ, ७ फागुन : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई जितका लागि १२७ रनको लक्ष्य दिएको छ ।थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १२६ रन बनायो ।
नेपालका लागि शुरुआती ब्याट्सम्यान सीता रानामगरले ४२ रन जोडिन् । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाइन् । त्यस्तै काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले छ रन जोडिन् । नेपालले मलेशियापछि दोस्रो खेलमा आयोजक थाइल्याण्डसँग बिहीबार खेल्नेछ ।एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । (रासस)
प्रजातन्त्रका मूल्यमान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा देओस् : राष्ट्रपति भण्डारी
काठमाडौँ, ७ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले ६९ औँ राट्रिय प्रजातन्त्र दिवसले हामी सबैलाई प्रजातन्त्रका
काठमाडौँ, ७ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले ६९ औँ राट्रिय प्रजातन्त्र दिवसले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले नेपालको संविधानका सबै प्रावधानहरू लागू हुँदै गएको र ‘समृद्ध नेपाल सुखी नेपाली’ नेपाली जनताको चाहना भएको उल्लेख गर्दै सम्पूर्ण नेपालीको यो राष्ट्रिय आकांक्षा पूरा गर्न फागुन ७ ले सबैमा ऊर्जा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
“आज ६९ औँ प्रजातन्त्र दिवस मनाइरहँदा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै यस दिवसले प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा दिन सकोस्”, सन्देशमा भनिएको छ । (रासस)
Women toiling hard to eke out family livelihood
Bhimduttanagar, Feb 1 : Women in Kanchanpur district are compelled to eke out their family
Bhimduttanagar, Feb 1 : Women in Kanchanpur district are compelled to eke out their family livelihood by transporting goods from bordering Indian market. The single and disadvantaged women of the district are resorting to import goods on cycles. They are bringing varieties of goods weighing around 2 quintals a day on their bicycles to district headquarters, Bhimduttanagar, from Indian market Banbasa. They need to pull cycles around 20 kilometres a day to import the goods to Nepali market.
Each women labourer would earn up at the range of Rs 200 to Rs 400 from goods transport daily. The women shared they spend the daily income to meet family expenses and children’s education. Jaaki Rana, a local of Kedkot Municipality shared that they are compelled to run their family affairs from the income earned up from hard labour.
“Sometimes the customs office creates trouble to us”, she said, adding, “It was their compulsion to sustain livelihoods of family members by toiling hard”. 9 (RSS)
Sports ground under construction in Sudurpaschim province
Attaria, Feb 19 : Constructions and renovations of sports ground are taking place in all
Attaria, Feb 19 : Constructions and renovations of sports ground are taking place in all nine districts of Sudurpaschim Province. The construction of sports ground is taking place in different 32 places of the Sudurpaschim province. In this connection, provincial Ministry of Social Development shared that it has allocated Rs 64 million in the current fiscal year for the construction of sports ground. The budget appropriation was made so as to construct sports ground in all 32 province assembly constituency at the unit rate of Rs 2 million. Kisan Raj Chituwal, Under Secretary, Youth and Sports Division at Ministry of Social Development, said the task of the construction of ground would be completed by coming mid-July. The spots fort he construction of grounds were selected based on the recommendation of elected province assembly member of the Sudurpaschim province. (RSS)
पछिल्लो समय निजी विद्यालयभन्दा सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढदो
डोटी, ७ फागुन : पछिल्लो समय जिल्लाका निजी विद्यालयभन्दा केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो
डोटी, ७ फागुन : पछिल्लो समय जिल्लाका निजी विद्यालयभन्दा केही सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएका कारण विद्यार्थीको आकर्षण बढ्न थालेको छ ।जिल्लाको शिखर नगरपालिका–१ केदारेश्वर मावि कपल्लेकी, आदर्श गाउँपालिकास्थित तलारा मावि, सदरमुकाम सिलगढीमा रहेको पद्म पब्लिक मुक्तिनारायण मावि, दिपायलमा रहेको दिल्पेशवर मावि, जोरायल गाउँपालिका–१ मा रहेको घण्टेश्वर माविलगायतका सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्न थालेको अभिभावक बताउँछन् ।अन्य निजी स्कूलभन्दा पनि बढी यहाँका सामुदायिक विद्यालयमा पढाइ हुन थालेको भन्दै विद्यार्थीका अभिभावक तथा विद्यार्थीको रोजाइमा निजीभन्दा सामुदायिक विद्यालय पर्न थालेको दिपायलका स्थानीयवासी तथा समाजसेवी घनश्याम पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय डोटीका निजी विद्यालयभन्दा सामुदायिक विद्यालयको पढाइस्तर बढेकाले निजी स्कूलमा पढ्ने विद्यार्थीसमेत सामुदायिक विद्यालयमा पढ्न आउन थालेका छन् ।”
अन्य जिल्लामा सामुदायिक विद्यालयमा पढाइको स्तर कम भएको भन्ने जनगुनासो बढिरहँदा यहाँका केही सामुदायिक विद्यालयमा भने निजी विद्यालयमा भन्दा शिक्षाको गुणस्तर राम्रो भएको अभिभावकको दावी छ । यहाँका केही सामुदायिक विद्यालयमा प्रशस्त रूपमा कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पानीको व्यवस्था, खेलमैदान, विद्यालय प्रवेश गर्ने बित्तिकै अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापका कारण विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित हुन थालेको शिखर नगरपालिका–१ का वडाध्यक्ष खड्क शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयको पढाइदेखि अन्य वातावरणसमेत शान्त र अकर्षक भएकाले विद्यार्थीको रोजाइमा अहिले सामुदायिक विद्यालय पर्न थालेका छन् ।”
स्थानीय अभिभावकका अनुसार यहाँका सामुदायिक विद्यालयमा अहिले झण्डै दुई हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । डोटीसँगै जोडिएका अछाम, डडेल्धुरा तथा बैतडी जिल्लाका विद्यार्थीसमेत यहाँका सामुदायिक विद्यालयमा पढ्न आउन थालेको तलारा माविका प्रधानाध्यापक टेकबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पढाइको गुणस्तरसँगसँगै अन्य वातावरण पनि राम्रो बनाएकाले हामीकहाँ जिल्ला बाहिरबाट पनि पढ्नका लागि विद्यार्थी आउन थालेका छन् ।”यहाँका सामुदायिक विद्यालयले पछिल्लो समय आफ्नो पढाइको गुणस्तरमा सुधार ल्याएसँगै विद्यार्थी सङ्ख्या पनि बढाउन थालेको दिपायलका स्थानीय ज्ञानबहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “नाम चलेका यहाँका केही सामुदायिक विद्यालयले आफ्नो विद्यालयको पढाइ बोर्डिङ स्कूलभन्दा बढी राम्रो गरेकाले बोर्डिङ स्कूलका विद्यार्थीसमेत सामुदायिक विद्यालयमा पढ्न आउँदैछन् ।”निजी विद्यालयमा पढ्ने विद्यार्थी धमाधम सामुदायिक विद्यालयमा पढ्न जान थालेपछि निजी विद्यालय सञ्चालनमा समस्या हुन थालेको बताइएको छ । यहाँका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पनि पढाइ शुरु हुन थालेको छ । (रासस)
President-Democracy Day Greetings
Kathmandu, Feb 19 : President Bidya Devi Bhandari has extended her best wishes that the
Kathmandu, Feb 19 : President Bidya Devi Bhandari has extended her best wishes that the 69th National Democracy Day may inspire all of us to move ahead by upholding fundamental principles and values of democracy, In the greetings message delivered today, President Bhandari expressed her confidence that the Democracy Day (today) would instill us with energy to materialize the national aspiration of ‘Prosperous Nepal, Happy Nepali’.
“While marking the 69th Democracy Day, I would like to pay homage to all known and unknown martyrs who laid down their lives for democracy. May this Day encourage all the Nepali people to adopt democracy as a lifestyle”, reads the message. (RSS)
President Bhandari attends National Democracy Day celebration
Kathmandu, Feb 19 : President Bidya Devi Bhandari has attended the main function of the
Kathmandu, Feb 19 : President Bidya Devi Bhandari has attended the main function of the 69th National Democracy Day at the Army Pavilion, Tundikhel today. Every year Falgun 7 (today) is celebrated as the National Democracy Day in the memory of the attainment of democracy after an end to autocratic Rana Regime through people’s struggle. On the occasion, Vice President Nanda Bahadur Pun, Prime Minister and National Democracy Day-2075 Main Function Committee Chairperson KP Sharma Oli, Chief Justice Cholendra Shumsher Rana, Speaker Krishna Bahadur Mahara and National Assembly Chair Ganesh Prasad Timilsina were present.
Also present on the occasion were Deputy Prime Minister, ministers, constitutional bodies’ chiefs, high-ranking government officials and chiefs of diplomatic missions. A Nepal Army Helicopter hoisted banner reading 69th National Democracy Day-2075 on the occasion. National anthem was recited; homages were paid to all the known and unknown martyrs and march pass was done from various organizations including Nepal Army, Nepal Police, Armed Police Force and Nepal Scout. At the ceremony, various dances were performed in a way to reflect peculiar cultures of Kathmandu, Lalitpur, Bhaktapur, Madhyapur Thimi and Kirtipur. Prime Minister KP Sharma Oli had addressed the ceremony. Various media including Nepal Television and Radio Nepal had broadcast the ceremony. (RSS)
Pedestrian dies in road accident at Bharatpur
Chitwan, Feb 19 : A car knocked down a pedestrian at Bharatpur Metropolitan City-23 on
Chitwan, Feb 19 : A car knocked down a pedestrian at Bharatpur Metropolitan City-23 on Monday. According to the District Police Office, Chitwan, the deceased has been identified as Jeet Bahadur Sarki, 75, of Bharatpur-23, Krishnachowk. The Bharatpur-bound car (Ba 15 Cha 4926) from Jagatpur had hit the pedestrian. He died on the spot. Dead body of Sarki was sent to Bharatpur Hospital for post-mortem. Police took the car under control while search for the car driver is underway. (RSS)
बैतडीमा करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु, घटनाको थप अनुसन्धान भइरहेको
बैतडी, ७ फागुन : करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ
बैतडी, ७ फागुन : करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी दिनुभयो । बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युत्को विद्युत्गृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताउनुभयो । प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)
प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित, सेवाग्राहीलाई सहज सेवा उपलब्ध
काठमाडौँ, ७ फागुन : विभिन्न प्रयोजनका लागि राजदूतावासले माग्ने औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित
काठमाडौँ, ७ फागुन : विभिन्न प्रयोजनका लागि राजदूतावासले माग्ने औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको छ । यसअघि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला सामाखुसीबाट प्रमाणित हुँदै आएको औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।अघिल्लो हप्ताबाट प्रमाणित गर्ने काम शुरु गरिएको उहाँले बताउनुभयो । यसअघि दूतावासले मागेको औँठाछाप प्रमाणित गर्न प्रहरी प्रधान कार्यालय आउनुपर्ने र यहाँबाट सिफारिश लिएर पुनः विधिविज्ञान प्रयोगशाला जानुपर्ने अवस्था थियो । अहिले त्यो झन्झट हटेर प्रहरी प्रधान कार्यालयको चालचलन शाखाबाटै औँठाछाप प्रमाणित गरी एकै ठाउँबाट सेवा दिन थालिएको हो ।
मुख्यगरी भिसा नवीकरण, वैदेशिक रोजगारीमा जाने मजदुरको चालक अनुमतिपत्रको विषय, विद्यार्थी लामो समयसम्म बस्ने गरी कुनै पनि देशमा जान लागेका बेला, नेपालमा भएका विदेशी नागरिकका चालक अनुमतिपत्र र भिसा नवीकरणलगायतको कामका लागि विभिन्न औँठाछाप प्रमाणित भएको कागज आवश्यक पर्छ ।त्यसैले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन प्रहरी नायव निरीक्षकको नेतृत्वमा खटाइएको विज्ञ टोलीले प्रहरी प्रधान कार्यालयबाट नै प्रमाणित गरेर पठाउने गरेको प्रवक्ता सुवेदीले बताउनुभयो । दैनिक ४÷५ जना औँठाछाप प्रमाणितका लागि प्रहरी प्रधान कार्यालय आउने गरेको जनाइएको छ । (रासस)
कारको ठक्करबाट पैदलयात्री जीतबहादुरको घटनास्थलमै मृत्यु
चितवन, ७ फागुन : भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको मृत्यु भएको छ
चितवन, ७ फागुन : भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ कृष्णचोक निवासी ७५ वर्षीय जीतबहादुर सार्की रहेका छन् ।जगतपुरबाट भरतपुर आउँदै गरेको बा१५च ४९२६ नंको कारले पैदलयात्री सार्कीलाई ठक्कर दिँदा सार्कीको घटनास्थलमै मृत्यु भएको हो । मृतक सार्कीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा छ भने चालकको खोजीकार्य भइरहेको छ । (रासस)
प्रजातन्त्रलाई जीवनपद्धति बनाऔँ : मुख्यमन्त्री गुरुङ
कास्की, ७ फागुन : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा
कास्की, ७ फागुन : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै यसलाई जीवनपद्धति बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
मुख्यमन्त्री गुरुङले अहिलेसम्म प्राप्त सम्पूर्ण उपलब्धिलाई संस्थागत गर्दै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा पुग्नु आजको आवश्यकता, प्रमुख कार्यभार र साझा दायित्व भएकाले सबै गम्भीर भएर लाग्न सकौँ भन्ने कामना गर्नुभएको छ । उहाँले प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलिसमेत व्यक्त गर्नुभएको छ ।विसं २००७ फागुन ७ गते १०४ वर्षीय निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको दिनको सम्झनामा आजको दिनलाई प्रतातन्त्र दिवसको रुपमा मनाउने गरिएको छ । (रासस)
धर्मशाला निर्माणका लागि महापुराण तथा महायज्ञबाट रु तीन करोड चन्दा सङ्कलन
लहान, ७ फागुन : लहान नगरपालिका–१५ ढोढनास्थित शक्तिपीठ राजदेवी पञ्चावती भगवती मन्दिर परिसरमा धर्मशाला निर्माणका
लहान, ७ फागुन : लहान नगरपालिका–१५ ढोढनास्थित शक्तिपीठ राजदेवी पञ्चावती भगवती मन्दिर परिसरमा धर्मशाला निर्माणका लागि करीब रु तीन करोडभन्दा बढी मूल्य बराबरको जग्गा तथा चन्दा सङ्कलन भएको छ ।धर्मशाला निर्माणार्थ मन्दिरमा हालै सम्पन्न भएको श्रीमद्भागवत् महापुराण तथा महायज्ञका क्रममा विभिन्न श्रद्धालुबाट धर्मशाला निर्माणका लागि जग्गा तथा नगद आर्थिक सङ्कलन भएको हो । गत माघ २६ गतेबाट शुरु भएको श्रीमद्भागवत महापुराण तथा महायज्ञमा सहभागी हुन आउनुभएका श्रद्धालुले मन्दिर परिसरमा धर्मशाला निर्माणका लागि बहुमूल्य जग्गा तथा नगद दान गरेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।लहान नगरपालिका–१ का वडाध्यक्ष फागु चौधरीले धर्मशाला निर्माणका लागि करीब रु ३० लाख मूल्य बराबरको १० धुर जग्गा प्रदान गरेको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष वीरेन्द्र चौधरीले जानकारी दिनुभयो । यस्तै लहानका व्यवसायी हरिकिशन शारडाले धर्मशाला निर्माणका लागि रु एक लाख एक हजार १११ दान गर्नुभएको छ । यस्तै अन्य श्रद्धालुबाट समेत नगद दान प्राप्त भएको अध्यक्ष चौधरीले बताउनुभयो ।
महापुराण तथा महायज्ञमा पण्डित श्रीनिवासा आचार्यले कथावाचन गर्नुभएको थियो । धर्मशाला निर्माणका लागि रु एक लाखभन्दा बढी चन्दा सहयोग गर्ने दातालाई मन्दिरको तस्वीरसहितको सुनको पदक प्रदान गरिएको थियो । भागवत महापुरण तथा महायज्ञमा सिरहा, सप्तरी, धनुषासहित देशका विभिन्न स्थान तथा छिमेकी देश भारतका करीब पाँच लाखभन्दा बढी भक्तजन सहभागी भएको आयोजकले अनुमान गरेको छ । सिरहाको प्रमुख व्यापारिक केन्द्र लहान बजारदेखि करीब ६ किलोमिटर उत्तर चुरे क्षेत्र नजिकै रहेको देवीथान मन्दिरको रूपमा परिचित राजदेवी पञ्चावती भगवती मन्दिर पछिल्लो समय जिल्लाको प्रमुख धार्मिक पर्यटकीयस्थलको रुपमा विकास हुन थालेको छ । मन्दिरमा जेठ महीनाको पूर्णिमाका दिन बाख्रा र परेवाको बलि प्रदान गर्ने गरिन्छ । सो दिन मन्दिरमा ठूलो मेला लाग्ने गर्छ भने प्रत्येक दिन पूजा गर्न श्रद्धालु आउने गरेका छन् । (रासस)
कृषिमा कर्णालीलाई आत्मनिर्भर बनाइने
सुर्खेत, ७ फागुन : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति
सुर्खेत, ७ फागुन : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक प्रगति समीक्षा सम्पन्न गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको सन्दर्भमा सोमबार आफ्नो मन्त्रालयको एक वर्षे प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।मन्त्री केसीले प्रदेशको संरचनाविहीन अवस्थामा टेबल, कुर्सी जोडेर शून्यविन्दुबाट कार्य थालनी गरेको सरकारले कृषिमा आत्मनिर्भर कर्णाली बनाउने आधार तयारी गरेको बताउनुभयो । “प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशमा जैविक उत्पादनका आधार तयार गर्ने निर्णय गरेको थियो”, मन्त्री केसीले भन्नुभयो, “त्यसको कार्यान्वयन गर्न ‘खाद्य सुरक्षाउन्मुख जैविक कृषिको आधार तयार गरौँ, विशिष्टिकृत कृषि तथा सहकारी विकासबाट समृद्ध कर्णाली प्रदेश निर्माण गरौँ” भन्ने मूल नारालाई सार्थक बनाउन जैविक विशेष कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।”
उहाँका अनुसार जैविक नमूना कार्यक्रम प्रदेशका १० जिल्लाका १५ पालिकामा सञ्चालन गरिएको छ । रासायनिक विषादीको नियमन तथा नियन्त्रण गर्ने उद्देश्यले जैविक कृषि विधेयक मन्त्रिपरिषद्बाट पास गरी प्रदेशसभामा पेश गर्ने प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।‘कर्णाली समृद्धिका लागि सहकारी अभियान’ थालेको बताउँदै मन्त्री केसीले कृषि विकास कार्यक्रम कार्यान्वयन लागि १७ कार्यविधि निर्माण गरिएको उल्लेख गर्नुभयो । उहाँका अनुसार मन्त्रालयले खाद्य उत्पादन, अधिकार तथा सम्प्रभुतासम्बन्धी विधेयक, २०७५ को मस्यौदा तयार गरी विधेयक समितिमा पठाइएको छ ।मन्त्रालयले पशु सेवा तथा स्वास्थ्य विधेयक र जलचर संरक्षण विधेयक, २०७५ को मस्यौदा तयार गरेको छ भने पशुसेवा कार्यक्रमसँग सम्बन्धित पाँच कार्यान्वयन कार्यविधि तयार गरेको छ । त्यसैगरी, सहकारी विधेयक २०७५, जग्गा प्रशासन तथा नापजाँचसम्बन्धी विधेयक २०७५, भूमि समस्या तथा व्यवस्थापन सुझाव समिति गठनादेश २०७५, गरीबी निवारण समन्वय समिति गठन र दुई कार्यविधि निर्माण गरेको जनाइएको छ । (रासस)
साइकलको भरमा परिवारको जोहो गर्दै कञ्चनपुरका महिला,दैनिक रु २०० देखि ४०० सम्म आम्दानी
भीमदत्तनगर, ७ फागुन : सीमावर्ती भारतीय बजारबाट सामान ढुवानी गरेर कञ्चनपुरका महिलाले घरको जीविका चलाउन
भीमदत्तनगर, ७ फागुन : सीमावर्ती भारतीय बजारबाट सामान ढुवानी गरेर कञ्चनपुरका महिलाले घरको जीविका चलाउन थालेका छन् । घरको आर्थिक अवस्था दयनीय बनेपछि बाध्यताले यहाँ एकल तथा विपन्न महिलाले साइकलमा सामान ढुवानी गर्नु नियति नै बनेको छ ।सीमावर्ती भारतीय बजार वनबासाबाट करीब २० किलोमिटर साइकलमा हिँडेर यिनीहरूले दैनिक डेढदेखि दुई क्विन्टलसम्म सामान बोकेर सदमुकाम भीमदत्तनगर सामान पुयाउने गरेका छन् । सामान ढुवानीबाट महिला मजदुरलाई दैनिक रु २००देखि ४०० सम्म आम्दानी हुने गरेको छ ।
आम्दानीबाट आफूहरुले परिवारको खर्च एवं बालबालिकाको पढाइ खर्च जुटाउने गरेको उनीहरूको भनाइ छ । कडा परिश्रमबाट आएको आम्दानीले दैनिक खर्च टार्नुपरेको वेदकोट नगरपालिकाकी जानकी रानाले बताउनुभयो । “कहिलेकाहीँ भन्सार कर्मचारीले दुःख दिन्छन्”, रानाले भन्नुभयो, “सामान ढुवानी गरेर परिवार धान्नु हाम्रो बाध्यता हो ।”त्यसैगरी भीमदत्तनगरपालिका–२ की अम्बरा बुढाथोकी पनि घरमा कमाउने कोही नभएपछि ‘क्यारिङ’ को काम शुरु गरेको बताउनुभयो । विगत नौ वर्षदेखि घरखर्च धान्नकै लागि उहाँले सामान ढुवानी गर्दै आएको दुखेसो पोख्नुभयो । कञ्चनपुरमा भारतीय सीमावर्तीबाट दैनिक ४० भन्दा बढी महिलाले सामान ढुवानी गरेर जीविका चलाउँदै आएका छन् । (रासस)
श्रीमतीले उजुरी गर्दा कारवाहीमा परें सामाजिक रूपमा लज्जित भए,अब मदिरा खान्नँ’
अछाम, ७ फागुन : मङ्गलसैन नगरपालिका–१ का हर्क रानाले मदिरा सेवन गरेर घरमा तनाव दिन
अछाम, ७ फागुन : मङ्गलसैन नगरपालिका–१ का हर्क रानाले मदिरा सेवन गरेर घरमा तनाव दिन थालेपछि उहाँकी श्रीमती साबी रानाले वडा कार्यालयमा उजुरी गर्नुभयो । आफ्नै श्रीमतीले उजुरी गरेपछि हर्कले रु तीन हजार जरिवाना तिर्नुभयो । आफूले मदिरा सेवन गरेवापत श्रीमतीकै उजुरीले जरिवाना तिरेर सामाजिक रूपमा लज्जित भएपछि मदिरा सेवन गर्न छाडिदिएको हर्क बताउँछन् ।कारवाही पर्नुअघि दिनभर मदिरामा लठ्ठिरहने उहाँ दुई महीनायता घरायसी र बाह्य काममा समेत सक्रिय हुनुहुन्छ । “मदिराकै कारण श्रीमतीले उजुरी गरेर मलाई बेइज्जत गराइन्, स्वास्थ्यमा पनि समस्या हुने, आर्थिकरूपमा पनि एक वर्षको अवधिमा रु एक लाख ४० हजार मदिरामै सकियो होला”, रानाले भन्नुभयो, “अब त मदिरा सेवन गर्दिनँ ।” आफूले रक्सी छाडेपछि श्रीमती, छोराछोरी र समाजले पनि खुशी मनाएको उहाँको भनाइ छ । राना थप्नुहुन्छ, “श्रीमतीको उजुरीपछि कारवाहीमा परेँ, सामाजिकरूपमा बदनाम भयो, अब कहिल्यै मदिरा सेवन गर्दिनँ ।”
मदिराले सामाजिक, आर्थिक, शारीरिक र मानसिक विकासमा बाधा पुयाइरहेको भन्दै मङ्गलसैननगर र वडा नं १ कार्यालयले मदिरा व्यवस्थापनमा कडाइ गरेपछि महिला सबैभन्दा बढी खुशी छन् । घरायसी कामको बोझ, आर्थिक समस्या, त्यसमाथि हरेक पुरुषले मदिरा सेवन गरेर तनाव दिँदा आजित महिलाले मदिरा व्यवस्थापन मात्रै नभई मदिरा बन्द गर्नुपर्ने माग गरिरहेका छन् ।नगरपालिकाले नगर क्षेत्रभित्र बिहान सूर्योदयदेखि बेलुका सूर्यास्त नहँुदासम्म मदिरा बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध गर्ने निर्णय गरेमुताविक वडाले निर्णयलाई कडाइका साथ कार्यान्वयन गरेपछि मदिरा व्यवस्थापन कार्य प्रभावकारी भएको छ ।नगरपालिकाका १४ वटै वडामध्ये वडा नं १ ले मदिरा व्यवस्थापनमा नमूना काम गरेको भन्दै वडाका सरोकारवाला पनि खुशी छन् । स्थानीय समाजसेवी रामराजनाथ भन्नुहुन्छ “मदिराले अस्तव्यस्त भइरहेको समाजलाई मदिरा सेवन तथा बिक्रीको समय निर्धारण गरी व्यवस्थापन गर्दा पनि निकै फाइदा भएको छ, अब मदिरारहित समाज बनाउन सबै लाग्नुपर्छ ।”
वडा कार्यालयले सञ्चालन गरेको मदिरा व्यवस्थापन अभियानमा करीब एक वर्षको अवधिमा ३९ कारवाहीमा परेका छन् । तोकिएको समयभन्दा अन्य समयमा मदिरा सेवन तथा बिक्रीवितरण गर्ने उनीहरुलाई कारवाही गरी जरिवानावापत रु ४५ हजार ५०० राजश्व सङ्कलनसमेत वडाले गरेको छ । कारवाहीमा परेका अन्य ११ बाट अझै रु १८ हजार असुली गर्न बाँकी रहेको वडा सदस्य पूर्णबहादुर रानाले जानकारी दिनुभयो । वडाले चलाएको मदिराविरुद्धको अभियानलाई स्थानीय महिला तथा सरोकारवालाले महत्वपूर्ण साथ दिएको उहाँको भनाइ छ ।वडाले बिहानदेखि बेलुकासम्म मदिरा सेवन गर्न नपाउने नियम बनाएपछि पुरुषहरू सुध्रिएको महिलाको भनाइ छ । महिला स्वयंसेविकासमेत रहनुभएकी मोती साउदले मदिरा सम्पूर्णरूपमा बन्द हुनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “मदिराले धेरैलाई घरबारविहीन बनाइसक्यो, हाम्रो दुस्मन भनेको नै रक्सी हो, त्यसैले सरकारले पनि यसलाई बन्द गराउनुपर्छ ।”
मङ्गलसैन–१ मा मदिरा व्यवस्थापनकार्य प्रभावकारी देखिएपछि अब मदिरामुक्त वडा बनाउने अभियानमा लाग्नुपर्ने आवाजसमेत उठ्न थालेको छ । वडालाई मदिरामुक्त बनाएर समृद्ध र नमूना बनाउने अभियानमा आफू लागेको बताउँदै वडाध्यक्ष गोपाल थापाले यस कार्यमा सबैको साथ चाहिने बताउनुभयो ।वडा नं १ ले मदिरा व्यवस्थापन कार्यलाई सहज ढङ्गले सफल बनाएकामा खुशी व्यक्त गर्दै मङ्गलसैन–३ का अध्यक्ष पदमसिंह भाटले यसको सिको अन्य वडाले पनि गर्न जरुरी रहेको बताउनुभयो । वडा नं १ ले गरेको राम्रो कार्यका कारण नगरका अन्य वडाध्यक्षलाई पनि सक्रिय बन्न प्रेरणा मिलेको अध्यक्ष भाटको भनाइ छ । वडा नं २ का अध्यक्ष मानबहादुर बोगटीले नगरको समग्र विकासका लागि मदिरा नियन्त्रण पहिलो चुनौती रहेको भन्दै आफूहरु सामुहिक रूपमा मदिराविरुद्ध लागिरहेको बताउनुभयो ।
नगरपालिका प्रमुख पदमबहादुर बोहराले जस्तोसुकै चुनौती आइलागे पनि मदिरा व्यवस्थापन गरेरै छाड्ने बताउनुभयो । मदिरा व्यवस्थापनका लागि कानूनले तोकेको समयावधि र सार्वजनिकस्थलबाट २०० मिटर टाढामात्रै बिक्री तथा सेवन गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने नगरप्रमुख बोहराको भनाइ थियो । उहाँले भन्नुभयो, “नगरको १ नं वडामा मदिराको प्रभावकारी व्यवस्थापन भएको छ, अब अन्य वडा र मङ्गलसैन बजारमा पनि मदिरा व्यवस्थापन गरिन्छ, समाजको दुस्मनका रूपमा रहेको मदिराले धेरै युवालाई बर्बाद बनाइरहेकाले मदिरालाई हामीले त्याग्नै पर्छ ।”नगरपालिकाले युवालाई व्यावसायिक सीप विकासमा अग्रसर गराउँदै कृषि उत्पादन, फलफूल खेती, पशुपालन र उद्यमशील कार्यमा लगाउने लक्ष्य राखेको छ । नगरवासीलाई आयआर्जनका क्रियाकलापमा सक्रिय गराई आत्मनिर्भर बनाएर समृद्ध नगर बनाउन आफू प्रयत्नशील रहेको भन्दै नगरप्रमुख बोहराले त्यसका लागि मदिरालगायत सामाजिक विकृति विसङ्गतिको अन्त्य जरुरी बताउनुभयो । (रासस)
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा खेल मैदान निर्माण हुँदै, एक खेल मैदानका लागि रु २० लाख
अत्तरिया, ७ फागुन : सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान निर्माण तथा
अत्तरिया, ७ फागुन : सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान निर्माण तथा सुधार हुने भएको छ । सुदूरपश्चिम प्रदेशसभा निर्वाचनका ३२ स्थानमा खेल मैदान निर्माण एवम् सुधार कार्यक्रमअन्तर्गत खेल मैदान निर्माण हुने भएको हो ।खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक मन्त्रालयले चालू आर्थिक वर्षमा रु छ करोड ४० लाख बजेट विनियोजन गरेको जनाएको छ । एक खेल मैदानका लागि रु २० लाखको दरले ३२ वटै प्रदेशसभा निर्वाचन क्षेत्रका खेलमैदान निर्माणका लागि सो बजेट बजेट विनियोजन गरेको हो ।
चालू आर्थिक वर्षको असार मसान्तसम्म खेल मैदान निर्माण कार्य सम्पन्न भइसक्ने प्रदेश सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकूद महाशाखा उपसचिव किसनराज चितुवालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक निर्वाचन क्षेत्रका निर्वाचित प्रदेश सांसदले सिफारिस गरेको स्थानमा खेल मैदान छनोट गरिएको हो ।सुदूरपश्चिम प्रदेशका ३२ स्थानमध्ये कैलालीमा १० स्थानमा खेल मैदान निर्माण तथा स्तरोन्नति हुँदैछ । त्यस्तै कञ्चनपुरमा छ, अछाममा चार, बैतडीमा दुई, दार्चुलामा दुई, डडेल्धुरामा दुई, डोटीमा दुई, बझाङमा दुई र बाजुरामा दुई गरी ३२ खेलमैदान बन्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् भने ३२ प्रदेशसभा निर्वाचन क्षेत्र छन् । (रासस)
प्रजातन्त्रलाई जनमुखी गराउनु आवश्यक : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना
काठमाडौँ, ७ फागुन : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा
काठमाडौँ, ७ फागुन : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।अध्यक्ष तिमिल्सिनाले दिवसका अवसरमा आज शुभकामना सन्देश वक्तव्य जारी गर्दै प्रजातन्त्रको लाभ आम नागरिकले प्राप्त गर्नसक्ने वातावरण सृजना गर्दै प्रजातन्त्रलाई थप दरिलो, जनमुखी एवम् समावेशी गराउन सबैले आफ्नो ठाउँबाट योगदान गर्न आह्वानसमेत गर्नुभएको छ ।
संविधानको मर्मअनुरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सरकारले लिएको दीर्घकालीन लक्ष्य समृद्ध नेपाल, सुखी नेपालीलाई साकार पार्न समावेशी लोकतन्त्रमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।‘प्रजातन्त्रका मुलभूत मान्यताहरु कानूनी शासन, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार जस्ता विशेषताहरुको संवद्र्धन, प्रवद्र्धन एवम् विकास गर्दै समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्नु जरुरी देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ । (रासस)
डिपिएल : ‘प्लेअफ’मा पुग्ने चार टोलीको टुङ्गो
धनगढी, ६ फागुन : यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको ‘प्लेअफ’मा पुग्ने टोलीको
धनगढी, ६ फागुन : यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको ‘प्लेअफ’मा पुग्ने टोलीको टुङगो लागेको छ । आज भएको खेलको नतिजाले चार टोलीको टुङगो लगाएको हो ।अपराजित रहेको काठमाडौँ गोल्डेन्स सात अङ्कसहित शीर्ष स्थानमा रहँदा सिवाइसी अत्तरिया दोस्रो स्थानमा रहेको छ । समान छ अङ्क भए पनि रुपन्देही च्यालेञ्जर्स रन रेटका आधारमा तेस्रो स्थानमा रहेको छ । महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्सको समान चार अङ्क भए पनि रनरेटका आधारमा महेन्द्रनगर प्लेअफमा पुगेको छ ।पहिलो स्थानमा रहेको काठमाडौँ र दोस्रो स्थानमा रहेको सिवाइसी अत्तरियाबीचको खेल हुन बाँकी रहेको छ । आज भएको दोस्रो खेलमा सिवाइसी अत्तरिया विराटनगर किंग्सलाई १० रनले हराउँदै प्लेअफमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पूरै २० ओभर खेल्दै तीन विकेटको क्षतिमा प्रतियोगिताकै सर्वाधिक ठूलो स्कोर १४८ रन बनायो ।
अत्तरियाको उच्च स्कोरमा सन्नी पटेल र जयकिसन कोल्सावालाले अर्धशतकीय इनिङस खेले । विस्फोटक ब्याटिङ गरेका सन्नीले अविजित ६१ रन बनाए । ३१ बलमा पाँच चौका र चार छक्का प्रहार गरेका सन्नीले अन्तिम ओभरमा किशोर महतोको बलमा दुई छक्का र तीन चौका प्रहार गरे । सन्नी डिपिएलमा अर्धशतक पूरा गर्ने पाँचौँ खेलाडीसमेत बने ।यस्तै कोल्सावाला ५१ रनमा अविजित रहे । डिपिएलमा अर्धशतक बनाउने चौंथो खेलाडी बनेका कोल्सावालाले ५० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । यस्तै जितेन्द्र सिंह ठकुरीले १३ तथा कप्तान दीपेन्द्र सिंह ऐरीले १० रन बनाए । विराटनगरका सुशन भारी र संसद शेखले समान एक–एक विकेट लिए ।फाप्ला क्रिकेट मैदानमा अत्तरियाले दिएको १४९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगरले पूरै २० ओभर खेल्दै आठ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि आसिफ शेखले सर्वाधिक ३९ रन बनाउदा पृथु बाँस्कोटाले २७ रन जोडे ।
यस्तै अभिनाश यादवले १४ असद उल्लाह खान पठानले १३ रन बनाए । कप्तान करण केसी १२ रनमा आउट भए । अत्तरियाका भुवन कार्की र दीपेन्द्र रावतले समान तीन–तीन विकेट लिए । आज भएको पहिलो खेलमा जीत हात पारेर रुपन्देही च्यालेञ्जर्स डिपिएल क्रिकेटको प्लेअफमा पुगेको छ ।साबिकको विजेता धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही प्लेअफमा पुगेको हो । धनगढी भने जीतविहीन भएर तेस्रो संस्करणबाट बाहिरिएको छ ।वसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीले फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै १५ ओभरमा नौ विकेट गुमाएर १०६ रन बनायो । प्रतिकूल मौसमका कारण १५ ओभरमा खटाएर खेलाइएको खेलमा रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक ३३ रन बनाए । यस्तै विनोद भण्डारीले २४ रन बनाए । रुपन्देहीका बाबर हायातले १९ रन जोड्दा विक्रम शोवले ११ रन बनाए । धनगढीका कप्तान सोमपाल कामी, पवन सर्राफ र विपिन खत्रीले समान दुई–दुई विकेट लिए ।रुपन्देहीले दिएको १०७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको धनगढी १४ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो । धनगढीका पवन सर्राफले सर्वाधिक १५, कप्तान सोमपाल कामीले ११ र सन्दीप रजालीले १० रन बनाए । धनगढीलाई सस्तैमा समेट्न रुपन्देहीका ललित सिंह भण्डारीले तीन तथा विक्रम सोवले दुई विकेट लिए । जीतसँगै रुपन्देहीले पाँच खेलबाट छ अङ्क जोडेको छ । रुपन्देही अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । (रासस)
बारको अध्यक्षमा नौ जनाको उम्मेदवारी
काठमाडौँ, ६ माघ : नेपाल बार एशोसिएशनको आगामी चैत १६ गते हुने २५औँ केन्द्रीय कार्यसमितिको
काठमाडौँ, ६ माघ : नेपाल बार एशोसिएशनको आगामी चैत १६ गते हुने २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा नौ जनाको उम्मेदवारी परेको छ ।अध्यक्षका लागि उम्मेदवारी दिनेमा डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) बाट सुनीलकुमार पोखरेल, प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट चण्डेश्वर श्रेष्ठ, अन्य उम्मेवदार डा पुष्पप्रसाद खतिवडा, कृष्णप्रसाद शर्मा, रामप्रसाद प्रजापति, तोयनाथ ढुङ्गाना, गजेन्द्रबहादुर थापा, लोकध्वज खाँड र विराट न्यौपाने हुनुहुन्छ ।बारको १५ सदस्यीय कार्यसमितिका लागि ६४ ले उम्मेदवारी दिएका छन् । नेपाल बार एशोसिएशन निर्वाचन २०७५ का प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काका अनुसार २५ सदस्यीय कार्यसमितिमा १३ पदाधिकारी र १२ सदस्य रहने व्यवस्था छ ।
महासचिव पदका लागि लीलामणि पौडेल, सुरेन्द्रबहादुर थापा, रामहरि त्रिपाठी गरी तीनको उम्मेदवारी परेको छ । उपाध्यक्षका लागि सातै प्रदेशबाट एक÷एक र एक महिला गरी आठ रहने व्यवस्था छ । बारको कार्यसमितिमा एक कोषाध्यक्ष, सदस्यमा दलित एक, मधेशी÷मुस्लिम दुई, आदिवासी जनजाति दुई, महिला दुई र आठजना खुल्ला सदस्य रहने व्यवस्था छ ।निर्वाचनको कार्यतालिकाअनुसार आज उम्मेवादवारी दर्ता गर्ने, यही फागुन ८ गते दाबी विरोध, अन्तिम नामावली प्रकाशन फागुन ११ गते रहेको छ । देशभरका १० हजार ३१३ मतदाताले ३५ मतदान केन्द्रबाट मत हाल्नेछन् । बारको केन्द्रीय कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ । (रासस)
‘बी’ डिभिजन लिग : दर्शनको ह्याट्रिकसँगै भगवती क्लब विजयी
काठमाडौँ, ६ फागुन : श्री भगवती क्लबका दर्शन गुरुङले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल
काठमाडौँ, ६ फागुन : श्री भगवती क्लबका दर्शन गुरुङले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज ह्याट्रिक पूरा गरेका छन् ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा पुल्चोक स्पोर्टस् क्लबविरुद्ध भगवतीका दर्शनले ह्याट्रिक गरेका हुन् । दर्शनको ह्याट्रिकसँगै जारी ‘बी’ डिभिजन लिगमा दोस्रो ह्याट्रिक पूरा भएको छ ।दर्शनले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेका थिए । दर्शनले पहिलो हाफको २४, ३६ र दोस्रो हाफको ६७ मिनेटमा गरी ह्याट्रिक पूरा गरे । अर्का गोल खेलेको अतिरिक्त समयमा गरे । यसअघि टुसाल युथ क्लबका एलन राईले ह्याट्रिक गरेका थिए ।
दर्शनको ह्याट्रिकसँगै ‘बी’ डिभिजन लिगमा भगवतीले दोस्रो जीत निकाल्दै पुल्चोकलाई ६–० गोल अन्तरले पराजित गरेको छ । भगवतीका लागि दुई गोल आजको जीतसँगै तालिकामा छ अङ्क जोडेको छ । त्यसैगरी कार्लोस बखरियाले २६आँंै र मोहनबहादुर थापामगरले ८१औँ मिनेटमा एक–एक गोल गर्दै भगवतीलाई ६–० को अग्रता दिएका थिए ।यसैबीच आजै भएको अर्को खेलमा आरसिटी र ब्वाइज युनियन क्लबले एक÷एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । ब्वाइजका आकाश राईले ५१औँ मिनेटमा पहिलो गोल गरे । आरसिटीका नवराज गुरुङले ८६औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । लिगमा ‘बी’ डिभिजनका १२ क्लब सहभागी छन् ।लिगको विजेता टोलीले रु आठ लाख, उपविजेताले रु पाँच लाख, तेस्रो हुनेले रु तीन लाख र चौथो हुने टोलीले रु दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विधागततर्फका उत्कृष्ट रक्षक, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार प्राप्त गर्नेछन् । (रासस)
तुलसीपुरमा ‘स्मार्ट छोरी’ कार्यक्रमको शुभारम्भ, यस वर्ष ५०० स्मार्ट छोरी उत्पादन गर्ने लक्ष्य
तुलसीपुर, ६ फागुन : तुलसीपुर उपमहानगरपालिकाले ‘स्मार्ट छोरी’ कार्यक्रमको शुभारम्भ गरेको छ । उपमहानगरपालिकाले ६९औँ
तुलसीपुर, ६ फागुन : तुलसीपुर उपमहानगरपालिकाले ‘स्मार्ट छोरी’ कार्यक्रमको शुभारम्भ गरेको छ । उपमहानगरपालिकाले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा ‘समाज परिवर्तनका अभियानकर्मी स्मार्ट छोरी सञ्जाल अभियान कार्यक्रम’ नाराका साथ कार्यक्रमको शुरुआत गरेको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालले जानकारी दिनुभयो ।
तुलसीपुर–४ स्थित गुरुजजुर माविबाट थालिएको स्मार्ट छोरी कार्यक्रम यस वर्ष पाँच विद्यालयमा सञ्चालन हुनेछ । “यस वर्ष ५०० स्मार्ट छोरी उत्पादन गर्ने लक्ष्य छ । उनीहरुको माध्यमबाट सञ्जाल विस्तार गर्दै जाने छौँ”, दाहालले भन्नुभयो । उपमहानगरपालिकाले ११ वर्षदेखि १९ वर्ष समूहका किशोरीलाई यौनजन्य हिंसाबाट मुक्त गर्न सो कार्यक्रम विद्यालयमा सञ्चालन गर्न लागेको हो । (रासस)
गत वर्षको अनुदान बक्यौता रकम माग गर्दै सर्लाहीका उखु किसान आन्दोलित
सर्लाही, ६ फागुन : गत वर्षको उखुको अनुदान बक्यौता रकम माग गर्दै उखु किसान आन्दोलित
सर्लाही, ६ फागुन : गत वर्षको उखुको अनुदान बक्यौता रकम माग गर्दै उखु किसान आन्दोलित बनेका छन् ।सरकारले उपलब्ध गराउनुपर्ने अनुदान रकम प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा तथा चिनी उद्योगले दिनुपर्ने बक्यौता रकम प्रतिक्विन्टल पाँच रुपैयाँ ३६ पैसा नपाएपछि किसान आन्दोलनमा उत्रेका हुन् । तीन दिनभित्र उखु किसानको माग पूरा नगरे सशक्त आन्दोलन गर्ने नेपाल उखु उत्पादक किसान सङ्घका अध्यक्ष राजकुमार उप्रेतीले बताउनुभयो । “ऋण लिएर खेती गरेका किसानको खेत बिक्री गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । उद्योग र मन्त्रालय धाउँदासमेत अनुदान रकम पाउन नसकेको उप्रेतीले बताउनुभयो । (रासस)
६९औ प्रजातन्त्र दिवसका अवसरमा जुम्लाको शिक्षण अस्पतालका बिरामीलाई फलफूल वितरण
खलङ्गा, ६ फागुन : यसैबीच ६९औ प्रजातन्त्र दिवसका अवसरमा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण
खलङ्गा, ६ फागुन : यसैबीच ६९औ प्रजातन्त्र दिवसका अवसरमा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । ६९औँ प्रजातन्त्र दिवस मूल आयोजक समारोह समितिको आयोजना प्रतिष्ठानका २४ बिरामीलाई फलफूल वितरण गरिएको हो । मूल आयोजक समितिका अध्यक्ष लालबहादुर सार्की, चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल, प्रजिअ विष्णु पौडेलसहितकोे टोली कर्णाली प्रतिष्ठानमा पुगेर फलफूल वितरण गरेको हो । (रासस)
हिमपातका कारण जडीबुटी सेतो चिनी कुहियो, ४० व्यापारीलाई लाखौँको क्षति
खलङ्गा, ६ फागुन : जुम्लाको गुठीचौर गाउँपालिकाको चाखुरे लेकमा सङ्कलन गरी राखिएको जडीबुटी सेतो चिनी
खलङ्गा, ६ फागुन : जुम्लाको गुठीचौर गाउँपालिकाको चाखुरे लेकमा सङ्कलन गरी राखिएको जडीबुटी सेतो चिनी (खिरौँला) कुहिँदा झण्डै ४० व्यापारीको लाखौँको क्षति भएको छ । जुम्लामा यही माघ महीनामा परेको हिमपातका कारण लाखौँको खिरौँला कुहिएको व्यापारीले बताएका छन् । पुसमा सङ्कलन गरी सुकाउन राखिएको खिरौँला हुर्किएका कारण गुठीचौर गाउँपालिकाका झण्डै ४० जना व्यापारीले लाखौँको क्षति बेहोर्नु परेको हो । लेकमा सुकाउन राखिएको खिरौँला हिमपातले कुहिएको गुठीचौर गाउँपालिका–१ गडिगाउँका व्यापारी दीपबहादुर बुढाले जानकारी दिनुभयो । आफ्नो मात्रै झण्डै ३० क्विन्टल खिरौँला हिमपातका कारण कुहिएको उहाँको भनाइ थियो ।
लगातार परेको हिमपातले सुकाउन राखेको खिरौँला कुहिएकाले व्यापारीहरु घाटामा परेको बुढाको भनाइ थियो । प्रतिक्विन्टल ५० देखि ६० हजार रुपैयाँसम्म खिरौँला बिक्री हुने गर्छ । बुढाका अनुसार करीब १२ लाख जतिको खिरौँला कुहिएको भन्दै लगानी उठाउन पनि मुस्किल भएको दुःखेसो पोख्नुभयो । खिरौँला प्रतिकेजी ५ देखि ६ सय रुपैयाँमा जुम्लामा किनबेच हुने गरेको छ । (रासस)
दुर्घटनामा गम्भीर घाइते बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको उपचारका क्रममा निधन
कलैया, ६ फागुन : बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको काठमाडाँैस्थित टिचिङ अस्पतालमा आज दिउँसो
कलैया, ६ फागुन : बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको काठमाडाँैस्थित टिचिङ अस्पतालमा आज दिउँसो निधन भएको छ ।जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत मुरारी कार्कीले उपचारका क्रममा प्रजिअ भट्टराईको दिउँसो निधन भएको बताउनुभयो ।
प्रजिअ भट्टराई, सीमा सुरक्षा बल गण नं १२ का गणपति सशस्त्र प्रहरी उपरीक्षक बलराम पोख्रेललगायतको टोली चढेको बा१झ १६३३ नं को गाडी माघ १२ शनिबार साँझ ७ बजे दुर्घटनामा परेको थियो । घटनामा गम्भीर घाइते प्रजिअ तथा अङ्गरक्षकको उपचार वीरगञ्जमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । (रासस)
युगसुहाउँदो प्रस्तुतिमा रासस रुपान्तरण हुन आवश्यक छ : सञ्चारमन्त्री बाँस्कोटा
काठमाडौँ, ७ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय समाचार समिति राससले वर्तमान
काठमाडौँ, ७ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय समाचार समिति राससले वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र आधुनिक युगसुहाउँदो प्रस्तुतिमा आफूलाई रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।रासस स्थापनाको ५८औँ वर्ष प्रवेश गरेका अवसरमा मन्त्रालयका तर्फबाट शुभकामना सन्देश व्यक्त गर्दै उहाँले राज्यको एक मात्र समाचार समितिका रुपमा निरन्तर र अविच्छिन्न रुपमा सेवारत रही सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्दै आएको राससका लागि नेपाल सरकारबाट सहयोग र समन्वय गर्न प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
विसं २०१८ फागुन ७ गते स्थापित राससले मङ्गलबार आफ्नो केन्द्र र सातै प्रदेशमा स्थापनाको ५८औँ वार्षिकोत्सव मनाउँदैछ ।“नेपालको संविधानले प्रेसजगत्लाई पूर्ण स्वतन्त्रताको प्रत्याभूति गरेको छ । वर्तमान सरकार उक्त प्रत्याभूतिलाई संरक्षण, प्रवद्र्धन र कार्यान्वयनका लागि आवश्यक कानून, नीति र संरचनाहरु बनाउँदै प्रेससम्बन्धी कानूनहरुलाई सुदृढ, सबल र व्यवस्थित बनाउन क्रियाशील छ ।”मन्त्री बाँस्कोटाको सन्देशमा भनिएको छ, “सरकार प्रेसलाई सङ्कुचन गर्ने कुनै मनशाय नराखी स्वच्छ आलोचनाहरुलाई आत्मसात् गरेर अघि बढिरहेको सर्वविदितै छ । समृद्ध नेपाल, सुखी नेपालीको नारालाई यथार्थमा परिणत गर्न सरकार क्रियाशील छ । यस कार्यमा सञ्चार क्षेत्रबाट रचनात्मक सहयोग पुग्नेछ भन्नेमा म विश्वस्त छु ।’उहाँले राससलाई हालको अवस्थासम्म पुयाउनमा योगदान गर्ने व्यवस्थापन पक्ष, पत्रकार तथा कर्मचारीलगायत सम्बन्धित सबैमा धन्यवाद व्यक्त गर्दै राससको प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।(रासस)
राष्ट्रपति भण्डारीद्वारा विभिन्न देशका लागि नियुक्त नेपाली राजदूतहरुको पद तथा गोपनीयताको शपथ
काठमाडौँ, ६ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका लागि नियुक्त नेपाली राजदूतहरुलाई आज पद
काठमाडौँ, ६ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका लागि नियुक्त नेपाली राजदूतहरुलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । संयुक्त अरब इमिरेट्सका लागि नेपालका आवासीय राजदूत कृष्णप्रसाद ढकाल, मलेसियाका लागि नेपालका आवासीय राजदूत उदयराज पाण्डे, कुवेतका लागि नेपालका आवासीय राजदूत दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि नेपालका आवासीय राजदूत दीपक अधिकारीले शीतल निवासमा आयोजित समारोहमा शपथग्रहण गर्नुभएको हो । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो । (रासस)
मद्यपानको नसामा बाबुले गरे आफ्नै ९ वर्षीया छोरीलाई बलात्कार, प्रमाणका लागि डिएनए परीक्षण
गोदावरी, ६ फागुन : ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलका ३८ वर्षीय एक युवकलाई ९ वर्षीया छोरी
गोदावरी, ६ फागुन : ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलका ३८ वर्षीय एक युवकलाई ९ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बाबुले मद्यपानको नसामा यही फागुन ३ गते आफ्नै छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ । आइतबार बालिका बलात्कारको जाहेरी महानगरीय प्रहरी प्रभाग बाँडेगाउँले दर्ता गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो । “हामी अनुसन्धानका क्रममा छौँ”, मिश्रले भन्नुभयो, “पीडकलाई अनुसन्धानका लागि सात दिनको अदालतले म्याद थप गरेको छ ।” बडिखेल स्वास्थ्य चौकीको निर्देशनानुसार पीडित बालिकालाई उपचारका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुयाएको बताइएको छ ।
घरका कोही नभएको मौका छोपी बाबुले दुई दिनअगाडि छोरी बलात्कार गरेको स्वास्थ्य चौकीकी अनमी प्रमिला चालिसेले बताउनुभयो । “दुई दिनसम्म अत्यन्त रक्तस्राव भएको गाउँलेले तेस्रो दिन थाहा पाई उपचारका लागि स्वास्थ्यचौकी ल्याए”, उहाँले भन्नुभयो “पीडितको अवस्थादेखि हामीले तत्काल उनलाई पाटन रिफर गयौँ ।”बालिका बाबुबाटै बलात्कृत भएको हो या हैन भन्ने ठोस प्रमाण सङ्कलनका लागि उनको डिएनए परीक्षण गर्न प्रहरीले महाराजगञ्ज अस्पताल पठाएको अस्पतालको प्रहरी कक्षमा कार्यरत मिलन राना भाटले जानकारी दिनुभयो । (रासस)
नागढुङ्गाबाट लागुऔषध नाइट्रोभेटसहित एक जना पक्राउ
काठमाडौँ, ६ फागुन : महानगरीय प्रहरी प्रभाग नागढुङ्गा काठमाडौँले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ
काठमाडौँ, ६ फागुन : महानगरीय प्रहरी प्रभाग नागढुङ्गा काठमाडौँले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना५ख ६५९९ नंको बसमा आज जाँच गर्दा सर्लाहीका राजेशकुमार गुप्ता लागुऔषधसहित पक्राउ परेका हुन् । लुकाईछिपाई ल्याउँदै गरेको लागुऔषध नाइट्रोभेट ७५७ ट्याबलेट बरामद गरिएको महानगरीय प्रहरी कार्यालयका प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । (रासस)
‘डा ता आओ फुटबल च्याम्पियनसिप’ खेल्न नेपाली फुटबल टोली भारत प्रस्थान
काठमाडौँ, ६ फागुन : ‘डा ता आओ फुटबल च्याम्पियनसिप’ खेल्न नेपाली यू–२१ फुटबल टोली आज
काठमाडौँ, ६ फागुन : ‘डा ता आओ फुटबल च्याम्पियनसिप’ खेल्न नेपाली यू–२१ फुटबल टोली आज अपराह्न भारत प्रस्थान गरेको छ ।नेपाली टोली आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर हुँदै भारतको गुहावटी गएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली टोली भद्रपुरसम्म विमानबाट र भद्रपुरबाट भारतको बागडोरासम्म स्थलमार्ग हँुदै सिलगुडी पुग्नेछ ।एन्फाले उक्त च्याम्पियनसिपमा सहभागिता जनाउने २० सदस्यीय टोलीको बिदाइ गरेको हो । गुवाहाटी जाने टोलीमा २० खेलाडी र आठ अफिसियल समावेश छन् । प्रतियोगिता यही फागुन ७ देखि १४ गतेसम्म हुनेछ ।
टोलीमा गोलकिपर सोजित गुरुङ, विष्णुकुमार केसी, सूर्य अधिकारी डिफेन्डरमा छिरिङ गुरुङ (कप्तान), रन्दीप पौडेल, गौतम श्रेष्ठ, विश्वास उदास, असिम भुसाल, राजन गुरुङ, मिडफिल्डरमा अनिल महर्जन, आकृन विष्ट, अनिष थापा, मिक्छेन तामाङ, नितिन थापा, अभिषेक रिजाल, शिशिर लेखी, फरवार्डमा रेजिन सुब्बा, राजीव लोप्चन, धिरज श्रेष्ठ, प्रिजन तामाङ तथा वैकल्पिक खेलाडीमा गोलकिपरमा अभिषेक बराल, डिफेन्समा सतिस श्रेष्ठ, मिडफिल्डमा अरुज सिंह र फरवार्डमा रितिक खड्का रहेका छन् ।टोलीको प्रशिक्षकमा चेतनारायण श्रेष्ठ र सहायक प्रशिक्षकमा सल्यान खड्गी रहेका छन् । गोलकिपर प्रशिक्षकमा छानुराम चौधरी र फिजियोमा कीर्तन श्रेष्ठ छन् । (रासस)
समयमा नै महाधिवेशन : काङ्ग्रेस नेता केसी
चितवन, ६ फागुन : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशन समयमा नै हुने
चितवन, ६ फागुन : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशन समयमा नै हुने बताउनुभएको छ ।आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले समय सीमाभित्रै महाधिवेशन गरेर निष्पक्ष पारदर्शी ढङ्गले हुनुपर्ने बताउनुभयो । महाधिवेशनपछि पार्टीलाई नेतामुखी नभई नीतिमुखी, विधिमुखी नभइ संस्थामुखी र पारदर्शी बनाउन काङ्ग्रेसको ध्यान केन्द्रित रहेको उहाँले जानकारी गराउनुभयो । काङ्ग्रेसले महाधिवेशनपछि राष्ट्रव्यापी कार्यक्रम शुरु गर्ने नेता केसीले बताउनुभयो । काङ्ग्रेसभित्र ठूलो सुधार र एकताको आवश्यकता रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “एकता भन्दैमा दुई जनाले हात मिलाएर हिँड्दैमा नभइ विचार, पद्धति, मूल्य र नीतिगत रुपबाट वैधानिक प्रक्रियाबाट एकता हुनुपर्छ ।” (रासस)
अकूत सम्पत्ति कमाएको अभियोगमा शाखा अधिकृत रिजालविरुद्ध मुद्दा दायर
काठमाडौँ, ६ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत
काठमाडौँ, ६ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध अकूत सम्पत्ति कमाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार शाखा अधिृकत रिजाल विभिन्न कार्यालयमा कार्यरत रहँदा पदीय दुरुपयोग गरी रु दुई करोड ९७ लाख ३८ हजार ३१० बराबरको सम्पत्तिको स्रोत खुलेको नपाइएकाले मुद्दा दायर गरिएको हो ।
आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवन यापन गरिरहेकाले कारवाही गरी पाउँ भनी परेको उजुरीका आधारमा छानबिन गरेको थियो । आयोगले रिजालकी श्रीमती स्वस्थानीलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । यस्तै आयोगले रेडियो प्रसार सेवा विकास समितिका तत्कालीन लेखा अधिकृत टोपबहादुर महतराले रु दुई लाख ३१ हजार ७१८ बराबरको भ्रष्टाचार गरेको भन्दै आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । (रासस)
मेयर कप ब्याडमिन्टनको उपाधि आयोजकलाई
दमौली, ६ फागुन : व्यास नगर ब्याडमिन्टन क्लबले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको प्रथम मेयर
दमौली, ६ फागुन : व्यास नगर ब्याडमिन्टन क्लबले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजकले जितेको छ ।आज भएको सिनियरतर्फको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिकाको टिमलाई पराजित गर्दै आयोजकले प्रतियोगिताको उपाधि जितेको हो । आयोजक टिमको तर्फबाट वुद्धिमान प्रधान र सञ्जीव श्रेष्ठले शुक्लागण्डकी टिमका कमल राना र सुरज लाम्जालीलाई २–० को सोझो सेटले पराजित गर्दै उपाधि जित्नुभएको छ ।
उपाधिसँगै प्रथम हुने प्रधान र श्रेष्ठले नगद रु ३५ हजारका साथै ट्रफी तथा द्वितीय हुने राना र लाम्जालीले नगद रु २० हजारका साथै ट्रफी प्राप्त गर्नुभएको छ । प्रतियोगितामा शुक्लागण्डकीकै सोम थापा र देव गुरुङ तथा व्यास नगरपालिकाका धनबहादुर गुरुङ र कुमार गुरुङको समूह सान्त्वना हुन सफल भएको छ । उहाँहरुले समेत नगद रु सात÷सात हजार प्राप्त गर्नुभएको छ ।जुनियरतर्फको खेलमा व्यासका पूर्णबहादुर श्रेष्ठ र सुदीप न्यौपाने प्रथम हुनुभएको छ भने रिसिङ गाउँपालिकाका पदम खाँण र सागर थापा द्धितीय हुनुभएको छ । उहाँहरुले क्रमशः रु १५ हजार र रु १० हजार प्राप्त गर्नुभएको छ । आइतबारदेखि शुरु भएको प्रतियोगितामा २८ समूहको सहभागिता रहेको थियो ।(रासस)
पारिश्रमिक कार्यान्वयनमा राससको अग्रसरता
काठमाडौँ, ६ फागुन : राष्ट्रिय समाचार समिति (रासस)ले श्रमजीवी ऐन र कानून तथा हालै वृद्धि
काठमाडौँ, ६ फागुन : राष्ट्रिय समाचार समिति (रासस)ले श्रमजीवी ऐन र कानून तथा हालै वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयनमा अग्रसरता लिएको जनाएको छ ।न्यूनतम् पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासङ्घको अनुगमन टोलीसँग कुरा गर्दै रासस व्यवस्थापनले स्थानीय समाचारदातालगायत कार्यरत श्रमजीवी पत्रकारका खास समस्या नभएको र देखिएमा सम्बोधनको प्रयास गर्ने स्पष्ट गरेको हो । राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी‘श्यामल’ले रासससँग गाँसिएका पत्रकारको जिन्दगी राम्रोसँग चलोस्, उनीहरु आचरणगत तथा पेशागत शुद्धता एवं व्यावसायिकतामा रहून् भन्ने आफूहरुको कामना रहने बताउनुभयो ।उहाँले भन्नुभयो, “स्थानीय समाचारदाताले गरेको कामका आधारमा उनीहरुको निरन्तर मूल्याङ्कन प्रणाली विकास गरिने तर उनीहरुलाई स्वतः करार वा स्थायी सेवामा राख्न सहज छैन ।”राससका महाप्रबन्धक ओपेन्द्र शर्माले रासस व्यवस्थापनले नेपाल सरकारले वृद्धि गरेको श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनको निर्णय गरिसकेको जानकारी दिनुभयो । गत कात्तिक १ गतेदेखि लागू हुने गरी आमसञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कामदार र कर्मचारीको प्रचलित न्यूनतम पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गरेको थियो ।
सोही निर्णय कार्यान्वयनका लागि विभिन्न सरकारी र निजी सञ्चारमाध्यमका व्यवस्थापनसँग भेट्ने क्रममा आफूहरु रासस केन्द्रीय कार्यालयमा आएको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीले बताउनुभयो । टोलीका सदस्य एवं महासङ्घका केन्द्रीय सदस्य जन्मदेव जैसीले पाँच वर्षसम्म लगातार स्थानीय समाचारदाताका रुपमा कार्यरतलाई स्थायीको प्रक्रियामा लैजान र श्रमजीवी पत्रकारलाई बैंकिङ प्रणालीबाट पारिश्रमिक भुक्तानी गर्न माग गर्नुभयो ।महासङ्घका अर्का केन्द्रीय सदस्य यम विरहीले स्थानीय समाचारदाताको रोकिएको नवीकरणका लागि महासङ्घको आग्रहलाई रासस व्यवस्थापनले सहज स्वीकार गरेकामा आभार व्यक्त गर्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले श्रमजीवी पत्रकार ऐन, २०५१ बमोजिम गठित समितिको सिफारिशसमेतका आधारमा वृद्धि गरिएको पारिश्रमिक सबै सञ्चारमाध्यममा गत कात्तिक १ गतेदेखि लागू गर्न गत माघ ७ गते सूचना तथा प्रसारण विभागमार्फत निर्देशन गरेको थियो । (रासस)
एसइई कप क्रिकेट वैशाखमा, देशभरका विभिन्न ११ शहरबाट खेलाडी छनोट गरीने
काठमाडौैँ, ६ फागुन : नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा एसइई कप क्रिकेट प्रतियोगिता आगामी वैशाखमा हुने
काठमाडौैँ, ६ फागुन : नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा एसइई कप क्रिकेट प्रतियोगिता आगामी वैशाखमा हुने भएको छ ।यस वर्ष एसइई दिएर बसेका खेलाडीलाई लक्षित गरिएको उक्त प्रतियोगिताका लागि देशभरका विभिन्न ११ शहरबाट ट्यालेन्ट हण्टमार्फत खेलाडी छनोट गरी प्रतियोगिता गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त प्रतियोगिताको लागि ब्रमास्मी कलेजले मुख्य प्रायोजन गर्नेछ । एकेडेमीका अध्यक्ष भरतकुमार शाही र कलेजका निर्देशक सुनन्दा रेग्मीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार प्रतियोगिताको लागि कलेजले मुख्य प्रायोजकको रुपमा आयोजकलाई रु सात लाख ५० हजार प्रदान गर्नेछ । उक्त प्रतियोगिताको लागि आयोजकले आगामी चैत २२ र २३ धनगढीमा, २४ र २५ कोहलपुलमा, २६ र २७ सुर्खेतमा, २८ र २९ गते दाङमा, चैत ३० र वैशाख १ गते बुटबलमा र वैशाख २ र ३ गते पोखरामा ट्यालेन्ट हन्टको आयोजना गर्नेछ । त्यस्तै वैशाख ४ र ५ गते चितवनमा, वैशाख ६ र ७ गते कलैयामा ९ र १० गते विराटनगरमा, वैशाख ११ र १२ गते विर्तामोडमा तथा वैशाख १५ र १६ काठमाडौँमा ट्यालेन्ट हण्ट हुनेछ ।आयोजकले एक शहरबाट पाँचदेखि सात खेलाडी छनोट गरी काठमाडौँमा एक हप्ता क्याम्प सञ्चालन गर्नेछ । सो क्यामबाट अन्तिम ८५ खेलाडी छनोट हुनेछन् । छनोट भएका खेलाडीलाई विभिन्न आठ टिममा सहभागी गराई ५० ओभरको ब्रमास्मी एसइई कपको खेल हुनेछ । प्रतियोगताको खेल भने मूलपानी क्रिकेट मैदानमा हुनेछ । (रासस)
प्रतिनिधिसभा बैठक : लेखापरीक्षण र जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित
काठमाडौँ, ६ फागुन : प्रतिनिधिसभाले लेखापरीक्षण विधेयक, २०७५ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको
काठमाडौँ, ६ फागुन : प्रतिनिधिसभाले लेखापरीक्षण विधेयक, २०७५ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा डा अर्थमन्त्री युवराज खतिवडाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा खतिवडाले लेखा परीक्षण अन्तर्राष्ट्रिय मापदण्डअनुरुप होस् र जनताले तिरेको करको पूर्णरुपले सदुपयोग गर्न सकियोस् भन्ने उद्देश्यले विधेयक ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक सहायता नीति परिमार्जन गर्दैछाँ, फागुन महीनादेखि पूँजीगत खर्च उल्लेखनीय हिसाबले बढ्नेछ, महालेखा परीक्षकको कार्यालयलाई बलियो बनाउने विधेयकको उद्देश्य हो, सरकारी बक्यौता उठाउने सन्दर्भमा पनि विधेयक महत्वपूर्ण हुनेछ ।’’अर्थमन्त्री डा खतिवडाले मुलुकभित्रका शासकीय प्रणालीलाई बलियो तुल्याउन र व्यावसायिक निष्ठाका आधारमा मिलेर काम गर्नुपर्छ भन्ने मान्यतालाई पनि विधेयकले सहयोग पुयाउने बताउनुभयो ।
यसैगरी प्रतिनिधिसभाले आजको बैठकमा जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ लाई बहुमतले पारित गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।उक्त विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले कर्णाली प्रदेशलाई रासायनिक मल र विषादीको प्रयोगमुक्त प्रदेश बनाउने अभियान अघि बढेको जानकारी दिनुभयो । उहाँले प्रदेश र सङ्घका तर्फबाट पनि बजेट कर्णाली प्रदेशलाई विषादी र रासायनिक मलको प्रयोगमुक्त प्रदेश बनाउने व्यवस्थापनका लागि कानून निर्माण र छिमेकी मुलुकको सहकार्यमा केही विषादीको प्रयोगमा प्रतिबन्ध लगाइने बताउनुभयो ।उहाँले कृषि बालीको उत्पादन वृद्धिका लागि केही विषादी प्रयोग आवश्यक रहेको भन्ने मान्यता रहेपनि अब विषादी र रासायनिक मलको प्रयोग कम गर्ने मात्र होइन, नियन्त्रण नै गर्ने उद्देश्यले सरकारले सो विधेयक ल्याएको हो भन्नुभयो । प्रतिनिसभाको अर्का बैठक यही फागुन ८ गते दिनको २ बजे बस्नेछ । (रासस)
स्ववियु निर्वाचनका लागि ‘अनुगमन तथा समन्वय’ समिति गठन
काठमाडौँ, ६ फागुन : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि शिक्षाध्यक्ष डा
काठमाडौँ, ६ फागुन : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि शिक्षाध्यक्ष डा सुधा त्रिपाठीको संयोजकत्वमा ‘स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय’ समिति गठन गरेको छ ।आज बसेको त्रिवि पदाधिकारीको बैठकले स्ववियु निर्वाचनका लागि त्रिपाठीको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतिले जानकारी गराउनुभयो ।उहाँले समितिले चाँडै नै स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने र निर्वाचन हुने सबै क्याम्पसमा निर्वाचन गर्न समन्वय गर्ने बताउनुभयो । उहाँका अनुसार उक्त समितिको काम कारवाही छिटो छरितोरुपले सञ्चालन गर्नका लागि शिक्षाध्यक्ष डा त्रिपाठीको संयोजत्वकमा सात सदस्यीय कार्यसमिति गठन गरिएको छ । समितिको सहसंयोजकमा रजिष्ट्रार उप्रेती, सदस्यमा विष्णुप्रसाद खनाल, नरेन्द्रप्रसाद शिवाकोटी, विष्णु केसी, वैकुण्ठ खनाल, नारायणप्रसाद खनाल र सदस्य सचिवमा गङ्गाबहादुर थापामगर रहनुभएको छ ।
त्रिविले प्रत्येक दुई÷दुई वर्षमा गर्ने निर्वाचनको कार्यकाल यही फागुन १८ गते सकिँदैछ । त्रिविले यसअघि सबै आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन तयारी गर्न निर्देशन दिइसकेको छ । विसं २०६५ यता त्रिविमा निर्वाचन पूर्णरुपमा हुन सकेको छैन । विसं २०७३ मा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमार्फत केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।यसैगरी निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिवि उपकुलपति कार्यालय घेराउ गरेका छन् । आज बिहान ११ बजे स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै त्रिवि कार्यालय घेराउ गरिएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । घेराउ कार्यक्रममा क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले निर्वाचनका लागि समिति बन्नु सकारात्मक भएकाले निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने बताउनुभयो । क्रान्तिकारीका उपाध्यक्ष बस्नेतले निर्वाचनको कार्यतालिका सार्वजनिक नहुँदासम्म आफ्ना आन्दोलनका कार्यक्रम यथावत् रहने जानकारी गराउनुभयो । भोलि दुवै विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न दबाब दिन देशभरका स्ववियु निर्वाचन हुने क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा प्रदर्शन गर्ने कार्यतालिका रहेको छ । (रासस)
प्रहरी महानिरीक्षक खनाल सम्मेलनमा सहभागी भई स्वदेश फिर्ता
काठमाडौँ, ६ फागुन : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भारतमा आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई
काठमाडौँ, ६ फागुन : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भारतमा आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई स्वेदश फिर्ता हुनुभएको छ । महानिरीक्षक खनाल भारतमा भएको ‘सिनराइज्ड नेशनल रेस्पोन्स टु इमर्जिङ आइइडी एण्ड टेररिस्ट थ्रेट’ विषयक सम्मेलनमा भाग लिई आज आउनुभएको हो । फागुन १ र २ गते भएको सो सम्बन्धी १९औँ सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक खनाल गत माघ २९ गते त्यसतर्फ जानुभएको थियो । (रासस)
उत्कृष्ट २ विद्यार्थीलाई प्रसिद्ध कँडेल स्मृति पुरस्कार प्रदान
काठमाडौँ, ६ फागुन : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले गतवर्षको एसइई परीक्षामा
काठमाडौँ, ६ फागुन : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले गतवर्षको एसइई परीक्षामा सर्वोत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीलाई ‘प्रसिद्ध कँडेल उत्कृष्ट विद्यार्थी पुरस्कार’सहित सम्मान प्रदान गर्नुभयो । जनही रु १० हजार राशिको सो पुरस्कार ईशा भण्डारी र रेशिका रोक्काले प्राप्त गरेका छन् । अवेरनेस इन्टरनेसनल एकेडेमीमा ती छात्राहरुले ३ दशमलव ९५ ग्रेड ल्याई विद्यालयमा उत्कृष्ट स्थान हासिल गरेका थिए ।सो अवसरमा मन्त्री बिष्टले देशलाई रोजगार उन्मुख बनाउन रोजगारीमुखी शिक्षामा जोड दिएको बताउँदै शिक्षामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
सोही विद्यालयबाट २०६८ सालमा उत्कृष्ट स्थान ल्याई एसएलसी उत्तीर्ण गरेका मेधावी विद्यार्थी प्रसिद्ध कँडेलको २०७४ असोजमा अमेरिकामा आकस्मिक निधन भएपछि उहाँका बुबाआमा शिक्षासेवी चेतनाथ कँडेल तथा सीता कँडेलले छोराको स्मृतिस्वरूप विद्यालयमा नाममा रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको हो । अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट एसइई परीक्षामा सोही विद्यालयबाट सर्वोत्कृट अङ्क ल्याउने विद्यार्थीलाई वार्षिक रु २० हजारको पुरस्कार र सम्मान प्रदान गर्ने गरिएको विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद अर्यालले बताउनुभयो । (रासस)
राससमा निःशुल्क आँखा शिविर, १३२ जनाको आँखा परीक्षण
काठमाडौँ, ६ फागुन : उच्च रक्तचाप र मधुमेहका रोगीको आँखाको नशा साँघुरो हुने हुँदा प्रत्येक तीन÷तीन
काठमाडौँ, ६ फागुन : उच्च रक्तचाप र मधुमेहका रोगीको आँखाको नशा साँघुरो हुने हुँदा प्रत्येक तीन÷तीन महीनामा जाँच गर्न चिकित्सकले सल्लाह दिएका छन् ।राष्ट्रिय समाचार समिति (रासस) को ५८औँ वार्षिकोत्सवका अवसरमा आज रासस केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित निःशुल्क आँखा शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका चिकित्सकहरुले यस्ता बिरामीले नियमित आँखा परीक्षण नगर्दा पछि पूर्णरुपमा आँखा नदेख्ने समस्या आउने भएकाले नियमित परीक्षण गर्न आग्रह गर्नुभयो । आँखा चिकित्सक डा तोषिका दाहालले अहिले अस्पतालमा आँखाको नयाँ रोगका बिरामी नआए पनि काठमाडौँका धुलोका कारण आँखा चिलाउने समस्याका बिरामी बढी आउने गरेको बताउनुभयो । नेपाल आँखा अस्पतालमा अहिले दैनिक ५०० बिरामी आँखा परीक्षण गरिरहेका छन् ।आँखामा आउन सक्ने समस्यालाई कम गर्न प्रत्येक छ छ महीनामा छ वर्षभन्दा माथि उमेर समूहकाहरुले नियमित परीक्षण गर्नुपर्ने अस्पतालका अर्का चिकित्सक डा कल्याण ढुङ्गानाले भन्नुभयो ।
बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्म चलेको शिविरमा राससका अध्यक्ष श्यामल अधिकारी, महाप्रबन्धक ओपेन्द्र शर्मा, बोर्ड सदस्य दयाराम दाहाल, प्रधान सम्पादक श्यामप्रसाद रिमाल, प्रमुख समाचारदाता तीर्थप्रसाद भट्टराई, प्रशासन शाखा प्रमुख उत्तम सिल्वाललगायत कर्मचारी र तिनका परिवारसहित १३२ जनाले आँखा परीक्षण गराउनुभयो ।राससले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज केन्द्रीय कार्यालय परिसरमा शिविर चलाइएको थियो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत यही फागुन ३ गते विशेष कविगोष्ठी तथा अन्य दिन बुद्धिचाल, हाजिरीजवाफ, हाँडी फुुटाउने कार्यक्रम सम्पन्न भइसकेको छ । फागुुुन ७ गते राससको ५८औँ वार्षिकोत्सव मनाइँदैछ । रासस राज्यको आधिकारिक, विश्वसनीय सन्तुलित तथा तथ्यपूर्ण समाचार उपलब्ध गराउने संस्था हो । विसं २०१८ फागुन ७ गते निजी क्षेत्रका दुई समाचार संस्था नेपाल संवाद समिति तथा सगरमाथा संवाद समिति गाभिएर राष्ट्रिय संवाद समिति स्थापना भएको हो । नेपाली जनतालाई सुसूचित गराउन राससले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म नेपाली र अङ्ग्रेजीमा राष्ट्रिय– अन्तरराष्ट्रिय समाचार, आलेख, तस्बीर र श्रव्य सेवा प्रवाह गरिरहेको छ । (रासस)
प्रभु बैंकको शेयर मूल्य प्रतिकित्ता रु २१० मा समायोजन
काठमाडौँ, ६ फागुन : प्रभु बैंकले आज शेयर मूल्य समायोजन गरेको छ । बैंकले आठ
काठमाडौँ, ६ फागुन : प्रभु बैंकले आज शेयर मूल्य समायोजन गरेको छ । बैंकले आठ प्रतिशत शेयर लाभांश दिएलगत्तै आज प्रतिकित्ता रु २१० मा मूल्य समायोजन गरेको हो । बैंकको औशत आधार मूल्य रु २७२ रहेको छ । यस्तै नेपाल स्टक एक्सचेञ्जमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २४ लाख ४० हजार ४९८ बराबरको शेयर लाभांश सूचीकृत भएको छ । (रासस)
फागुन १३ गते देखि पाँचथर पावरको साधारण शेयर बिक्री हुँदै
काठमाडौँ, ६ फागुन : पाँचथर पावर कम्पनीले यही फागुन १३ गते देखि १७ लाख ५०
काठमाडौँ, ६ फागुन : पाँचथर पावर कम्पनीले यही फागुन १३ गते देखि १७ लाख ५० हजार २५० कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ ।कम्पनीले आज एक आह्वानपत्र सार्वजनिक गरी न्यूनतम १० कित्तादेखि अधिकतम नौ हजार ६२० कित्ता बराबरको आवेदन दिन पाउने जानकारी दिएको छ । प्रतिकित्ता रु १०० अङ्कित दरका शेयर यही फागुन १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।सो अवधिमा शेयर बिक्री नभएमा आगामी चैत १२ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । कम्पनीले गत पुस ३० देखि माघ २९ गतेसम्म कूल ९ लाख ६२ हजार ५०० कित्ता आयोजना प्रभावितलाई बिक्री गरेको भए पनि सात लाख ८७ हजार ७५० कित्ता शेयर बिक्री हुन सकेको थिएन ।
कम्पनीले कर्मचारीलाई ३५ हजार पाँच कित्ता र सामूहिक लगानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्नेछ ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी भएका बैंक तथा वित्तीय संस्थाबाट सी आस्वा प्रणालीमार्फत आवदेन दिनसक्ने व्यवस्था गरिएको छ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।केयर नेपाल रेटिङले गरेको वित्तीय विश्लेषणमा सो कम्पनीको अवस्था औशतभन्दा कमजोर रहेको जनाएको छ । कम्पनीले पाँचथर जिल्लामा १४ दशमलव ९ मेगावाटको ‘हेवाखोला ए’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । (रासस)
मानसिक अस्पतालमा श्यया अभाव
ललितपुर, ६ फागुन : गत साता एक कैदीलाई भेट्न उनकी आमा नख्खु कारागारमा पुग्नुभयो ।मानसिक
ललितपुर, ६ फागुन : गत साता एक कैदीलाई भेट्न उनकी आमा नख्खु कारागारमा पुग्नुभयो ।मानसिक रोगबाट पीडित उनलाई भर्ना गरेरै उपचार गर्नुपर्ने देखिएको कारागारमा कार्यरत स्वास्थ्यकर्मीले सल्लाह दिएका थिए । त्यहाँबाट आमा छोराको उपचारका लागि कुरा गर्न अस्पताल आउनुभएको थियो । अस्पतालले अहिले कुनै पनि श्यया खाली नभएको भन्दै फर्काएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “खै कहिलेसम्म कुर्नुपर्ने हो टुङ्गो छैन ।”लगनखेलस्थित मानसिक अस्पतालमा दैनिक देखिने दृष्य हो यो । मानसिक रोग सम्बन्धी केन्द्रीय अस्पतालमा श्यया अपर्याप्त हुँदा उपचारका लागि त्यहाँ आएका धेरै बिरामी फर्किने गरेका छन् ।बहिनीलाई जचाँउन नुवाकोटबाट आउनुभएका एक युवक श्यया अभावकै कारण फर्कन लाग्नुभएको भेटिनुभयो । कडा खालका मानसिक रोग भएकाले भर्ना गरेर उपचार गर्नुपर्ने मानसिक रोग विशेषज्ञ सल्लाह दिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कुरेर यहाँ बस्नुभन्दा यहाँ श्यया खाली भएको खबर आएपछि नै आउनुपर्ला ।” अस्पतालमा श्यया अभावका कारण मानसिक रोग विशेषज्ञले सल्लाह दिनासाथ भर्ना गरेर उपचार गर्न नपाइएको कुरुवा बताउँछन् । पछिल्लो समयमा बिरामीको चाप बढेपछि यहाँ रहेको श्यया अपर्याप्त भएको हो ।कडा खालका मानसिक रोगीको आगमन बढिरहेकाले श्यया अपर्याप्त भएको अस्पतालले जनाएको छ । बिरामीका परिवारका सदस्य वा आफन्त कडा मानसिक रोग लागेकालाई घरमै राख्दा आफू स्वयं र अरुलाई क्षति पुयाउने भन्दै अस्पतालमा राखेर उपचार गर्न चाहेको बताउँछन् । अस्पताल परिसरमा भेटिएका उनीहरुले अस्पतालले एकातिर भर्ना गर्न सल्लाह दिने अर्कातिर ठाउँ छैन भन्दै फर्काएको गुनासो गर्छन् ।यस अस्पतालमा अहिले जम्मा ५० श्यया रहेको छ । यहाँ भएका श्यया कहिले पनि खाली नहुने गरेको अस्पतालमा कार्यरत प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट अनन्त अधिकारीले बताउनुभयो । अस्पतालमा भर्ना भएका एक जना बिरामी अस्पतालबाट छाड्ने अनुमति (डिस्चार्ज) हुँदा अर्का लाममा नै हुने गरेको उहाँले बताउनुभयो ।
श्यया नभएकाले गर्दा धेरै बिरामीलाई घर पठाएर लाममा राख्ने गरिएको छ । उहाँले भन्नुभयो, “अस्पतालमा आएकालाई नफर्काउन र विशिष्ठकृत सेवा दिन ३०० श्यया आवश्यक रहेको छ ।” श्यया अपुग भएको भन्दै स्वास्थ्य सेवा विभागसँग ३०० श्ययाको माग गरेको उहाँले बताउनुभयो ।उहाँका अनुसार अस्पतालले लामो समयदेखि जनशक्ति अभाव भोग्दै आएको छ । उहाँले भन्नुभयो, “अहिलेका लागि ५० श्यया थप गरेर १०० श्यया बनाउँदा तत्काल काम गर्न सहज हुन्थ्यो ।” रोगको अवस्था र सुधार हेरेर एक÷दुई सातादेखि एक महीनासम्म पनि बिरामीलाई राखेर उपचार गर्ने गरिएको प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार अस्पतालले कडा खालका बिरामीलाई अस्पतालको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्ने र सामान्य बिरामीलाई औषधि दिएर घर फर्काउने गरेको छ । अस्पतालमा श्ययासँगै मानसिक रोग विशेषज्ञसमेत अपर्याप्त रहेको उहाँले बताउनुभयो ।उहाँका अनुसार अस्पतालमा निर्देशकसहित सातको दरबन्दी छ । तर अहिले चार जना मात्रै कार्यरत छन् । एकातिर भएको दरबन्दी अपर्याप्त रहेको र अर्कोतिर दरबन्दीभन्दा कम जनशक्ति कार्यरत रहेको उहाँले बताउनुभयो । जनशक्ति अपर्याप्त हुँदा एकै जना मानसिक रोग विशेषज्ञले ५० देखि १०० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालको श्यया र जनशक्ति दुवै बढाउन हामीले स्वास्थ्य सेवा विभागलाई भनिरहेका छौँ ।” अस्पतालको बहिरङ्ग विभागमा दैनिक १५० देखि २०० सम्म बिरामी उपचारका लागि आउने गरेका छन् । (रासस)
शिक्षा र ऊर्जामन्त्री : सांसदको प्रश्न
काठमाडौँ, ६ फागुन : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र
काठमाडौँ, ६ फागुन : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई सम्बन्धित विषयमा प्रश्न सोध्नुभएको छ ।बैठकमा सांसद डा डिला सङ्ग्रौलाले देशभरिका अधिकांश बालविकास केन्द्रमा भौतिक तथा शैक्षिक सामग्रीको अभाव छ, शिक्षकले तलब पाइरहेका छैनन् भन्दै यस्ता समस्या समाधान गर्न के कार्ययोजना छ ? भनी प्रश्न गर्नुभएको थियो ।जवाफमा मन्त्री पोखरेलले बालविकास केन्द्रमा भौतिक पूर्वाधार वृद्धि गरिएको र शिक्षकको सेवा र सुविधा बढाइएको बारेमा जानकारी दिनुभयो । साथै उहाँले यसका लागि स्थानीय तहमा बजेट विनियोजन गरिएकाले सोहीअनुसार काम हुने बताउनुभयो ।यस सम्बन्धमा सबै प्रदेशका सामाजिक विकास मन्त्रीसँग पनि छलफल गरी आवश्यक काम अघि बढाइएको उहाँले बताउनुभयो । उक्त प्रश्नका सम्बन्धमा सांसद सङ्ग्रौला, प्रेम सुवाल, लक्ष्मी परियार, रामकुमारी झाँक्री, यज्ञराज सुनुवार, रेखा कुमारीलगायतले पुरक प्रश्न गर्नुभएको थियो । पुरक प्रश्नको उत्तरमा मन्त्री पोखरेलले बालबालिकाको पढाइ र सिकाइप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै शिक्षा सरकारको दोस्रो प्राथमिकतामा परे पनि धेरै आवश्यकता छन् भन्नुभयो ।
विद्यार्थीको अनुपातमा शिक्षक सङ्ख्यालाई सुधार गरिने बताउँदै मन्त्री पोखरेलले समग्र शिक्षा प्रणालीमा सुधारका लागि नयाँ विधेयक ल्याउन लागेको जानकारी दिनुभयो । अर्का प्रश्नकर्ता सांसद दिलेन्दप्र्रसाद बडूका तर्फबाट सांसद पुष्पा भुसालले संस्कृत विश्वविद्यालय सभाको बैठक बस्नमा ढिलाइ किन भइरहेको छ ? भनी प्रश्न गर्नुभएको थियो ।जवाफमा मन्त्री पोखरेलले विश्वविद्यालयसभा बैठकका लागि उपकुलपतिले सम्पर्क गर्नुपर्ने बताउँदै विश्वविद्यालयबाट सभाका लागि भन्दा पनि बजेटसँग सम्बन्धित कामका बारेमा मात्र पत्र प्राप्त भएको बताउनुभयो ।यस प्रश्नमा सांसदहरु रामकुमारी झाँक्री, मेखमणि चौधरी, लक्ष्मी परियारलगायतले सोध्नुभएको पुरक प्रश्नमा मन्त्री पोखरेलले विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैतभित्र गराउनका लागि सहमति गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।बैठकमा सांसद भुसालले अर्का प्रश्न गर्दै माध्यमिक शिक्षातर्फ हाल कार्यरत एक हजार ५३ स्रोत व्यक्ति (आरपि) लाई सेवाबाट हटाइँदैछ भन्ने कुरा सत्य हो ? भनी प्रश्न गर्नुभएको थियो ।
जवाफमा मन्त्री पोखरेलले उपरोक्त सङ्ख्याका स्रोत व्यक्तिमध्ये ७५ मात्र शुद्ध स्रोत व्यक्ति रहेको र बाँकी काजमा आएको जानकारी गराउँदै सरकारले हाल स्रोत व्यक्तिलाई सङ्घीय सरकारअन्तर्गत नराख्ने निर्णय गरेको बताउनुभयो ।बैठकमा प्रश्नकर्ता सांसद खगराज अधिकारीका तर्फबाट सांसद दिलबहादुर महत क्षेत्रीले मन्त्री पुनलाई रुपाताल–बेगनास तालको पानी उपयोग गरी जलाशययुक्त आयोजना सञ्चालन गर्ने सम्बन्धमा के कति प्रगति भएको छ ? कहिलेसम्म आयोजना सम्पन्न हुन्छ ? भनी प्रश्न गर्नुभएको थियो ।जवाफमा ऊर्जामन्त्री पुनले कास्कीका रुपाताल र बेगानास तालका पानीबाट जलाशययुक्त जलविद्युत् आयोजना बनाउन कार्य अघि बढाएको बताउँदै यसले विद्युत्को उच्च माग भएकाले बेला राहत पुग्ने जानकारी दिनुभयो ।उक्त आयोजनाका लागि सर्वेक्षण र अन्य अध्ययन भइरहेको जानकारी गराउँदै मन्त्री पुनले आर्थिक वर्ष २०७६÷७७ मा अध्ययन सम्पन्न गरेर लगानी जुटाउने गरी नेपाल विद्युत् प्राधिकरणलले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले मुलुकमा हाल विद्युत्को माग र उत्पादनका सम्बन्धमा तथ्याङ्कसहित बैठकलाई जानकारी गराउनुभयो ।
अर्का प्रश्नकर्ता सांसद रामबहादुर विष्टले ठेकेदार कम्पनीको लापरवाहीको कारण माथिल्लो कर्णाली जलविद्युत् आयोजना समयमै सम्पन्न हुन नसक्ने भन्ने कुरा सत्य हो ? भनी प्रश्न सोध्नुभएको थियो ।जवाफमा मन्त्री पुनले आयोजनाका सम्बन्धमा भएका प्रगतिका बारेमा जानकारी गराउँदै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भएको र ‘इआइए’ स्वीकृत भइसकेको बताउनुभयो । उहाँले आयोजनाको लागि आवश्यक पर्ने प्रशारण लाइन निर्माणको तयारीका लागि वन क्षेत्रको जग्गा प्रयोग सम्बन्धमा पनि निर्णय भएको जानकारी गराउनुभयो ।साथै उहाँले निर्धारित समयै काम गर्न सरकारले निर्माण कम्पनीसँग पटकपटक छलफल गरेको समेत बताउनुभयो । सो आयोजनाबाट उत्पादित विद्युत् खपतका लागि बङ्गलादेशसँग सहमति भइसकेको मन्त्री पुनको भनाइ थियो । (रासस)
सप्तरी, कुखुराको मासुको मूल्य वृद्धि तर अस्वस्थकर
सिरहा, ६ फागुन : सप्तरीको सुरुङ्गा नगरपालिकामा एक महीनायता कुखुराको मासुको मूल्यमा मूल्य अत्यधिक वृद्धि
सिरहा, ६ फागुन : सप्तरीको सुरुङ्गा नगरपालिकामा एक महीनायता कुखुराको मासुको मूल्यमा मूल्य अत्यधिक वृद्धि भएकाले उपभोक्ता मारमा परेका छन् । सुरङ्गा नगरपालिकाको कुशहा, कदमाहालगायत वरपरका बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य एक महीनामा चारपटक बढेर अहिले प्रतिकेजी रु ३०० पुगेको छ । एक महीनाअघि प्रतिकेजी रु २०० मा विक्री हुँदै आएको मासु २८० क्रमशः बृद्धि भएर रु ३०० पुगेको हो । कुखुराको जस्तै खसीको मासुमा पनि मूल्य वृद्धि भएको छ । कुशहाका मासु व्यवसायी अछमित चौधरीले भन्नुभयो, स्थानीय बजारमा खसीबोका र कुखुराको उत्पादन घटेकाले मूल्य बढेको बताउँनुभयो ।
उपभोक्ता विधान्द चौधरीले भने व्यापारी आफैले आफूखुशी मूल्यवृद्धि गरेको आरोप लगाउनुभयो । मनोमानी मूल्य वृद्धिले आफूहरुलाई मार परेको गुनासो गर्दै उहाँले मासु तथा मासुजन्य पदार्थको गुणस्तर जाँच र निगरानी राख्ने निकायको आवश्यक परेको बताउनुभयो ।यस्तै व्यवस्थित पशु बधशाला निर्माण नहुँदा सुरुङ्गावासी अस्वस्थकर मासु खान बाध्य भएका छन् । नगरपालिकाको कुशहा, कदमाहा, कनकपुर लगायत स्थानमा व्यवस्थित पशु बधशाला नहुँदा ती क्षेत्र वरपरका सर्वसाधारण अस्वस्थकर मासु खान बाध्य भएका हुन् ।यी बजारका विभिन्न स्थान तथा सडक पेटीमा खुला रुपमा मासुको विक्री वितरण हुँदा पनि सम्बधित निकायले कुनै चासो नदिएको उपभोक्ता बहमनारायण चौधरीले बताउनुभयो । (रासस)
शेयर बजार सात अङ्कले घट्यो
काठमाडौँ, ६ फागुन : धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ ।लगातार ओरालो लागेको
काठमाडौँ, ६ फागुन : धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ ।लगातार ओरालो लागेको बजार घटेर एघार सयको आसपासमा आइपुगेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २१ विन्दुले घटेर एक हजार १०२ दशमलव ५१ विन्दुमा झरेको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत एक दशमलव आठ विन्दुले घटेर २३४ दशमलव ३६ विन्दुमा पुगेको छ । कूल १६१ कम्पनीको आठ लाख ७६ हजार २०८ कित्ता शेयर रु २३ करोड ४५ लाख ९४ हजार ३८१ मूल्यमा खरीद बिक्री भए ।कारोवार भएका एघार उपसमूहमध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर घटेको छ । होटल नौ दशमलव पाँच र उत्पादन उपसमूह शून्य दशमलव २४ विन्दुले बढेको छ । यस्तै बैंकिङ आठ दशमलव तीन, व्यापार चार दशमलव ७३, विकास बैंक ११ दशमलव २४, जलविद्युत् १२ दशमलव ५३, वित्त शून्य दशमलव ३६, निर्जीवन बीमा १२ दशमलव ८८, अन्य नौ दशमलव ६४, लघुवित्त छ दशमलव ७४ र जीवन बीमा १९ दशमलव शून्य आठ विन्दुले घटेको छ ।
घटेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले नौ दशमलव ९५ प्रतिशत, हिमालयन ड्रिस्टीलरी तीन दशमलव ८३, नेबिल बैंक संस्थापक शेयर तीन दशमलव१८ प्रतिशतले कमाएका छन् ।यस्तै वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सिङ नौ दशमलव शून्य नौ, घलेम्दी हाइड्रो पावर छ दशमलव ६६, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था पाँच दशमलव ७१, नागबेली लघुवित्त वित्तीय संस्था पाँच दशमलव ४३, कञ्चन डेभलपमेन्ट बैंक पाँच दशमलव ३३, अरुण काबेली पावरका शेयरधनीले चार दशमलव ५१ प्रतिशतले गुमाएका छन् ।(रासस)
राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश
काठमाडौँ, ६ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालय तथा मातहातका सरकारी वकिल कार्यालयले सम्पादन
काठमाडौँ, ६ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालय तथा मातहातका सरकारी वकिल कार्यालयले सम्पादन गरेका आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहकाबीच राष्ट्रपति भण्डारी समक्ष महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सो वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।नेपालको संविधानको धारा १५९ को उपधार (१) मा भएको व्यवस्थाअनुसार महान्यायाधिवक्ता कार्यालयले प्रत्येक वर्ष संविधान र सङ्घीय कानून बमोजिम आफूले सम्पादन गरेका कामको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।वार्षिक प्रतिवेदनमा महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकिल कार्यालयबाट सम्पादन भएका काम कारवाहीको विस्तृत विवरण, स्रोत साधनको अवस्था, भौतिक स्थिति, कार्यरत् जनशक्तिको विवरणसहित महत्वपूर्ण काम समेटिएको छ ।
यस आर्थिक वर्षमा नेपाल सरकार वादी मुद्दा चलाउने गरी निर्णय भएका २९ हजार २३० र प्रतिवादी ५८ हजार ५३९ मुद्दा रहेका छन् । महान्यायाधिवक्ता तथा मातहतका सरकारी वकिल कार्यालयबाट बहस पैरवी र प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको सङ्ख्या ८० हजार ७७ रहेको छ । यो गत आर्थिक वर्षको भन्दा ६ दशमलब ९८ प्रतिशतले बढी हो ।प्रतिवेदनमा सरकारवादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा सरकारी वकिल कार्यालयबाट प्रतिरक्षा गरिएको मुद्दा ६५ हजार ५२७ रहेको छ । यो गत आवको भन्दा चार हजार ६०९ अर्थात् सात दशमलव ५७ प्रतिशतले बढी हो ।विगत पाँच आर्थिक वर्षमा सरकारी वकिलले प्रतिनिधित्व र प्रतिरक्षा गरेको मुद्दा, रिट तथा निवेदनको सङ्ख्य ६५ प्रतिशतले वृद्धि भएको र सो अनुसार कार्यसम्पादनमा जनशक्तिको वृद्धि हुन नसक्दा कार्य सम्पादनमा प्रभाव परेको प्रतिवेदनमा उल्लेख छ । (रासस)
जलविद्युत्प रियोजना बन्द हुँदा स्थानीयवासी अध्यारोमा बस्न बाध्य
दुल्लु, ६ फागुन : दैलेख ठाँटीकाँध गाउँपालिका–४ स्थित गैरागाउँ लघु जलविद्युत् परियोजना बन्द अवस्थामा रहेको
दुल्लु, ६ फागुन : दैलेख ठाँटीकाँध गाउँपालिका–४ स्थित गैरागाउँ लघु जलविद्युत् परियोजना बन्द अवस्थामा रहेको छ ।रु ५१ लाखको लागतमा नौ वर्षअघि निर्माण भएको उक्त परियोजना विगत आठ महीनादेखि बन्द अवस्थामा रहेको हो । परियोजनाको उपकरण बिग्रिएपछि विद्युत् उत्पादन बन्द भएको हो ।विसं २०६६ मा ऊर्जा मन्त्रालयको २२ लाख, जिल्ला सौर्य ऊर्जाको २४ लाख र तत्कालीन विसाला गाउँविकास समितिको पाँच लाख गरी कूल रु ५१ लाखको लागतमा उक्त परियोजना सञ्चालनमा ल्याइएको परियोजना सञ्चालन समितिका अध्यक्ष प्रेमबहादुर शाहीले बताउनुभयो ।
परियोजना बन्द हुँदा स्थानीय २०९ घरधुरी अध्यारोमा बस्न बाध्य छन् । ‘आर्थिक अभावले उपकरण खरीद गर्न सकिएन,’ परियोजनाका अध्यक्ष शाहीले भन्नुभयो,“समितिको कोषमा रकम नभएकाले गाउँपालिकामा सहयोगका लागि अनुरोध गरेका छौ ।” काठको पोल पटक÷पटक ढल्ने भएकाले परियोजनामा समस्या उत्पन्न हुँदै आएको अध्यक्ष शाहीको भनाई छ ।ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले गैरागाउँ लद्यु जलविद्युत् आयोजना निर्माणका लागि रु ८ लाख विनियोजन गरेको बताउनुभयो, “गाउँकार्यपालिकाको बैठकबाट निर्णय गरेर रकम विनियोजन भइसकेको छ,” अध्यक्ष शाहीले भन्नुभयो, “अब केही महीनाभित्र जलविद्युत् परियोजना मर्मत गरी सञ्चालनमा ल्याउँछौ,’ त्यसपछि यहाँका नागरिक अध्यारोमा बस्नुपर्दैन् ।” (रासस)
-
१
निद्रा लाग्दैन ? ५ मन्त्र मान्नुहोस्…
https://www.badalnepal.com/6185राति ओछ्यानमा पल्टियो, तर निद्रा नै पर्दैन । धेरैले यस्तो समस्या भोग्ने गरेका छन् । आाखा चिम्लिएर निदाउन खोजे पनि कुनै सीप लाग्दैन । मानसिक र शारीरिक कुनै समस्या छैन, तर पनि निद्रा नै आउादैन । तपाईं पनि यस्तै समस्याले हैरान हुनुहुन्छ भने सुत्नुअघि केही नियम पालना गर्न निद्रारोग विशेषज्ञ डा. सुबोधसागर ढाकालले सुझाब दिएका छन् :
निद्रा नलाग्ने समस्याका पछाडि मुख्य भूमिका मोटोपनले खेलेको हुन्छ । तपाईं मोटो हुनुहुन्छ भने भुँडी घटाउन पहिलो प्रयास हुनुपर्छ । यसका लागि कम्तीमा एउटा कुरा मान्नुहोस् कि सुत्नुभन्दा तीन घन्टाअगाडि नै खाना खाइसक्नुपर्छ । खाना खाएको तीन घन्टापछि सुत्दा भुँडी लाग्न पाउँदैन । सुत्नुभन्दा तीन घन्टाअघि खाना खाने नियमित रुटिन नै बनाउनुहोस् ।
सुत्नुभन्दा एक घन्टाअघि मनपर्ने पाटोतर्फ मन केन्द्रित गर्नुहोस् । अधिकांशका लागि गीत–संगीत सुन्ने बानी बसाल्नु राम्रो हुन्छ । किताब पढ्ने बानी पनि राम्रो हो । सुत्नुभन्दा एक घन्टाअघि गरिएको यस्तो मनपर्ने क्रियाकलापले राम्रो निद्रा पार्न भूमिका खेल्छ ।
निद्रा लागेपछि मात्रै ओछ्यानमा जाने बानी बसाल्नुहोस् । निद्रा लागेको छैन, तर सुत्न भन्दै ओछ्यानमा जाँदा निद्रा नपर्न सक्छ । यस्तो गर्दा निद्रा झनै गडबड हुनसक्छ । निद्रा लागेको छैन भने ओछ्यानमा जाँदै नजाने । जब निद्रा लाग्ने बानी पर्छ तब सुत्ने समय सधैँ निश्चित कायम गर्नुहोस् । बिहान उठ्ने समय पनि सधैँ एउटै हुनुपर्छ ।
ओछ्यानमा गएको आधा घन्टासम्म पनि निद्रा लागेन भने बलजफ्ती निदाउने प्रयास गर्नु गल्ती हुनेछ । यता–उता कोल्टिँदै जबर्जस्ती निदाउने झन्झट छाडिदिनुहोस् । तुरुन्त ओछ्यानबाट उठेर आफूलाई सबैभन्दा अल्छी लाग्ने काम गर्नुहोस् । अल्छी लाग्ने काम गर्दा झनै अल्छी लाग्न थाल्छ । र, ४०–४५ मिनेटपछि आफैँ निद्रा लाग्छ ।
अधिकांशमा निद्रा रोग निम्त्याउने एउटा प्रमुख कारण सुत्ने कोठामा टिभी राख्नु हो । ओछ्यानमा बसेर टेलिभिजन हेर्न थाल्यो भने निद्रा लाग्दैन । सुत्ने रुटिनभन्दा एक घन्टाअगाडिबाट सस्पेन्स, एक्सन र भूतको फिल्म हेर्नु हुँदैन ।
February 17, 2019 -
२
यस्ता छन् बाहिर निस्केको पेटलाई भित्र पसाउने १२ सजिला घरेलु उपाय !
https://www.badalnepal.com/6182काठमाडौं । आजभोली मोटो मानिसको संख्या तेज गतिले बढि रहेको छ । धेरै मानिसहरुले शुरुवातमा मोटोपनमा त्यति ध्यान दिदैंनन् । तर जब मोटोपन धेरै बढेपछि त्यसलाई घटाउन घण्टौं पसिना बगाउँछन् । मोटोपन घटाउनको लागि खानपीनमा सुधार जरुरी छ । केही प्राकृतिक चीजहरु यस्ता हुन्छन् । जस्को प्रयोगले तौललाई नियन्त्रण गर्न सकिन्छ । यदि तौल घटाउन तपाइँ धेरै मेहनत गर्न सक्नुहुन्न भने तपाइँलाई आज हामी सजिलो उपायबारे जानकारी दिन्छौं ।
निम्न उपाय अपनाई तपाइँले आफ्नो तौल घटाउन सक्नुहुन्छ:
१. धेरै कार्बोहाइड्रेट भएको खाद्यपदार्थ त्याग्नुहोस् । चीनी , आलु र चामलमा कार्बोहाइड्रेट बढि हुन्छ । यस्ले बोसोलाई बढाउँछ ।
२. गहुँको रोटि मात्र खानुभन्दा गहुँ, भटमास र चना मिश्रित आटाको रोटि धेरै फाईदाजनक हुन्छ ।
३. दिनहुँ बन्दागोभीको जुस पिउनुहोस् । बन्दागोभीमा बोसो घटाउने गुण हुन्छ । यस्ले शरीरको मेटाबोलिज्म ( शरीरको रासायनिक परिवर्तन हुने प्रक्रिया ) लाई ठिक गर्दछ ।
४. मेवा नियमित रुपमा खानुहोस् । यो हरेक मौसममा पाईन्छ । लामो समयसम्म मेवाको प्रयोग गर्नाले यसबाट कम्मरको बोसो कम हुने हुन्छ ।
५. दही खानाले शरीरको अनावश्यक बोसो घट्दछ । मोहीको प्रयोग दिनको २–३ पटक गर्नुहोस् ।
६. पीपलको धुलो बनाई त्यसलाई कपडाले छान्नुहोस् । यस धुलोलाई हरेक बिहान मोहीसँग खानाले बाहिर निस्केको पेट भित्र पस्दछ ।
७. अमला र बेसारलाई बराबर मात्रामा पिसेर धुलो बनाउनुहोस् । यस धुलोलाई मोहीसँग खानुहोस् । यसबाट कम्मर पातलो हुन्छ ।
८. हरियो मरिच वा कालो मरिच खानामा राखी खानाले तौललाई घटाउन सक्दछ । एक खोजअनुसन्धानमा पाईएको छ की तौल कम गर्ने सबैभन्दा राम्रो तरिका मरिच खानु हो । मरिचमा पाईने तत्व कैप्साइसिनले गर्दा चाडैं भोक लाग्दैन । जस्ले गर्दा तौल घटाउन मद्धत पुग्छ ।
९. एक चम्चा पुदिनाको रसलाई २ चम्चा महसँग मिलाउनुहोस् । र यसलाई नियमित रुपमा प्रयोग गर्नाले मोटोपन घट्दछ ।
१०. सागसब्जी र फलफूलमा क्यालोरी कम हुन्छ । त्यसैले यसको प्रयोग धेरै मात्रामा गर्नुहोस् । केरा नखानुहोस् । यसले मोटोपन बढाउँदछ। पुदिनाको चिया बनाएर खानाले मोटोपन घट्दछ ।
११. खानासँगै गोलभेडा र प्याजको सलादमा कालो मरिच र नुन हालेर खानुहोस् । यसको प्रयोगले भिटामिन सी , भिटामिन ए , भिटामिन के , आइरन, पोटासियम , लाइकोपीन र ल्युटिन प्राप्त हुन्छ । यसलाई खानाले पेट चाडैं भरिन्छ र तौलमा नियन्त्रण हुन्छ ।
१२. विहान उठ्ने बितिक्कै २५० ग्राम गोलभेडाको रस २–३ महिनासम्म पिउनाले पेट भित्र पस्दछ ।
February 17, 2019 -
३
अल्सर निकै खतरनाक रोग हो, अल्सर भए नभएको यसरी सकिन्छ पत्ता लगाउने
https://www.badalnepal.com/6170काठमाडौँ । पेटको भित्र सूजन हुने स्थितिलाई पेटको अल्सर भनिन्छ । समस्या बढ्दै गएमा सूजन गहिरो घाउमा परिणत हुन्छ र समस्या अझै बढ्दै जान्छ । सामान्यतया: बढी तेल-मसालेदार खानपानको गलत बानीका कारण जब पेटमा एसिड बढी मात्रा बन्न थाल्छ तब यो रोग उत्पन्न हुन्छ । यसको साथै पेटमा ब्याक्टेरियाको इन्फेक्शनको कारण पनि यो रोग हुनसक्छ ।
अल्सर रोग हुनसक्ने केही लक्षणहरू यस्ता छन्, जसको मद्दतले तपाई समयमै यसको पहिचान गरी उपचार गर्न सक्नुहुन्छ । समस्याको आधारमा अल्सर विभिन्न किसिमको हुन्छ, जस्तै पेप्टिक अल्सर हुँदा पेटको भित्री भित्तामा सूजन हुन्छ । ग्यास्ट्रिक अल्सर हुँदा खाना पश्चात् पेटमा दुखाई शुरू हुन्छ तर डाइजीन जस्ता औषधीको सेवनले आराम मिल्छ ।
ड्यूडिनल अल्सरको समस्या हुँदा लामो समयसम्म भोको रहँदा पेटमा दुखाई हुनथाल्छ । खाना खाईसकेपछि आराम मिल्छ । इसोफेगल अल्सरमा आहार नलीको माथिल्लो भागमा सूजन हुने वा प्वाल हुनेगर्छ । यसको समस्या हुँदा अक्सर आहार नलीमा तीव्र रूपमा पोल्ने हुन्छ ।
भोजन पश्चात् १ वा २ घण्टापछि वा रातीको समय पेटको माथिल्लो भाग वा एकदम बीचमा पोलेको महसूस हुन्छ भने यो अल्सर हुनसक्छ । पटक-पटक उल्टी आउनु वा यसको महसूस भैरहनु पेटको अल्सरको संकेत हुनसक्छ । कतिपय समय पेट फुल्ने समस्या अल्सरको संकेत हुनसक्छ । पेटमा रहेको एसिड माथी तर्फ फूड पाइपमा आउँछ । यसले छाती पोलेको महसूस हुन्छ भने यो अल्सरको संकेत हुनसक्छ ।
भोजन पश्चात् १ वा २ घण्टा पछि वा रातीको समयमा पेटको भित्र घोचेको महसूस भैरहेको छ भने यो अल्सरको संकेत हुनसक्छ । लामो समयदेखि गाढा र कालो रंगको दिसा आउने समस्या छ भने यसलाई वेवास्ता गर्नुहुँदैन । यस्तो अल्सरमा हुने ब्लिडिंगको कारण हुनसक्छ ।
उल्टी आउँदा हल्का रगत आउनु अल्सरको संकेत हुनसक्छ । डाइट वा नियमित कार्यलाई परिवर्तन नगरी अचानक वजन कम हुन्छ भने यो अल्सर हुनसक्छ । अक्सर पेटमा दुखाई हुनु वा केही खाँदा-पिउँदा पनि पेटमा तीव्र दुखाई शुरू हुनु पनि अल्सरको संकेत हुनसक्छ । चाँडो भोक लाग्नु : बिना कारण पटक-पटक भोक लाग्नु अल्सरको संकेत हुनसक्छ ।
February 17, 2019 -
४
अनुहारमा चायाँ र पोतो आएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्…
https://www.badalnepal.com/6167काठमाडौँ । हरेक मानिसको चाहाना आफू सुन्दर भएको हेर्ने हुन्छ । तर, अनुहारको सुन्दरता बिगार्नका लागि विभिन्न खालका चायाँ पोतोहरु अनुहारमा आएपछि मानिसको रुपलाई कुरुप बनाइदिन्छ । जसले गर्दा मानिसलाई टेन्सन हुन्छ । यस्ता समस्याबाट मुक्त हुनको लागि विभिन्न उपायहरु अपनाए अपनाउन सकिन्छ । पानीको मात्रा कम हुँदा पनि यस्तो समस्या आउँछ । शरीरमा हर्मोन असन्तुलित भएमा यस्ता समस्या आउने गर्छन् । चायाँ पोतोको समस्याबाट हामि घरेलु उपायहरुको माध्यमबाट मुक्त हुन सक्छौं ।
तर्सथ पातो हटाउन प्रसस्त मात्रामा पानी पिउनु पर्छ र ग्याष्ट्रिक लयायतका पेट सम्बन्धी रोग भएमा पनि यस्तो समस्या आउन सकन्छ । यसकारण यस्ता रोगको उपचार गरेर पनि चायाँ र पोतो हटाउन सकिन्छ । अनुहारलाई सूर्यको प्रत्यक्ष किरणबाट बचाउने गरेमा पनि यस समस्याबाट मुक्त हुन सकिन्छ ।
अनुहारमा डण्डीफोर लगायतका घाउ खटिरा आए जथाभावी नकोट्याउने, घर बाहिरबाट आएपछि सफा पानीले मुख धुने, क्षणिक सौन्दर्यको लागि जथाभावी सौन्दर्य प्रदायक सामानको प्रयोग गर्नुहुँदैन् । यस्तै सफा र शुद्ध पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्छ । लामो समयसम्म पनि चायाँ पोतो नहटे छाला रोग विशेषज्ञसँग परामर्श लिने गरेमा पनि यस समस्याबाट मुक्ति पाउन सकिन्छ ।
February 17, 2019 -
५
जिम्बाबेको सुनखानीमा भएको दुर्घटनामा परी ६० जनाको मृत्यु भएको आशंका
https://www.badalnepal.com/6158हरारे, ४ फागुनः जिम्बाबेको सुनखानीमा भएको दुर्घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । दुर्घटना भएका दुई ओटा सुनखानीमा ६० देखि ७० जना कामदारहरु रहेकाले उनीहरु अधिकांशको मृत्यु भएको आशका गरिएको अधिकारीहरुले बताएका छन् । स्थानीय सरकारका सार्वजनिक सेवा सम्वन्धी मन्त्री जुली मोयोले अवैध रुपमा संचालनमा रहेका सुनखानीका कामदारहरु पुरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार देशको पश्चिमी प्रान्त मशोनाल्याण्डमा सो घटना भएको हो । उनीहरुलाई जिवितै उद्धार गर्न सकिने सम्भावना न्युन रहेको उहाँले बताउनुभयो । अत्यधिक बर्षा भएकाले उद्धार कार्यमा कठिनाई भएको उहाँको भनाई छ । दुवै पानीको खाल्डोबाट पानी बाहिर निकालिएको स्थानीय अधिकारीहरुले बताएका छन् । उद्धार कार्यमा खटिएकाहरुले आईतबार शव निकालिने अपेक्षा गरेका छन् ।जिम्बाबेका राष्ट्रपति इम्मर्सन मनाङग्वाले प्रकोपको घोषणा गर्दै घटनामा पिडितहरुप्रति सहानुभूति व्यक्त गर्नु भएको छ ।
February 16, 2019