दुर्घटनामा ज्यान गुमाएका परिवारलाई नेपाली काङ्ग्रेसले राहत रकम प्रदान



सप्तरी, १९ मङ्सिरः सप्तरीको हनुमाननगर कङ्कालिनी–१० इनर्वामा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई नेपाली काङ्ग्रेसले आज प्रतिपरिवार रु २५ हजार राहत प्रदान गरेको छ ।

मृत्यु भएको १३औँ दिन आज मृतक परिवारको गाउँ डाक्नेश्वरी नगरपालिकाको भुतही नेपाली काङ्ग्रेसले मृतक परिवारलाई २५÷२५ हजारका दरले राहत प्रदान गरेको हो । काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिबाट सङ्कलित रकम जिल्ला सभापति दिनेश यादवले प्रदान गर्नुभएको थियो । डाकनेश्वरी गाउँपालिकाका ६५ जनासहित तीर्थयात्रामा गएको बस पल्टिएर यही मङ्सिर ७ गते पाँच जना तीर्थयात्रीको ज्यान गएको थियो । (रासस)

Comment