काङग्रेस नेता डङ्गोललाई मातृशोक



काठमाडौँ, १ चैत  : नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री तीर्थराम डङ्गोललाई मातृशोक परेको छ ।नेपाली काङ्ग्रेस काठमाडौँका पूर्वसभापतिसमेत रहनुभएका नेता डङ्गोलकी आमा नानीमैंजु डङ्गोलको बिहीबार राति ९८ वर्षको उमेरमा आफ्नै निवास कुलेश्वरमा निधन भएको नेपाली काङ्ग्रेस काठमाडौँका नेता गणेश रिजालले जानकारी दिनुभयो ।स्व डङ्गोलको आज टेकुस्थित दोभानमा अन्त्येष्टि गरिएको छ । स्व डङ्गोलका तीन छोरा र एक छोरी हुनुहुन्छ, जसमध्ये नेता डङ्गोल जेठो छोरा हुनुहुन्छ ।  (रासस)

Comment