आमा समूहको भवन निर्माणमा प्रदेशसभा सदस्य दवाडीको सहयोग



काठमाडौँ, २० मङ्सिरः नेपाली काङ्ग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख) का सदस्य प्रकाशचन्द्र दवाडीले आमा समूहको भवन निर्माणका लागि रु एक लाख आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

गोरखाको अजिरकोट गाउँपालिका–५ आग्रीडाँडा मुच्चोक आमा समूहको भवन निर्माणका लागि उहाँले भवन निर्माण समितिका सदस्य मखबहादुर गुरुङलाई आज काठमाडौँमा सो रकम हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा प्रदेशसभा सदस्य दवाडीले जिल्लाको समग्र विकासका लागि आफू सदैव लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । (रासस)

Comment