यस्ता छन् तितो बर्रो खानुका फाईदाहरु



काठमाडौ । बर्रो स्वादमा तितो भएता पनि यो स्वास्थका लागि उतिकै महत्व पसुर्ण छ । बर्रो आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुने गर्दछ । यो पेट देखेमा धुलो बनाएर खादा पेट दुखेको निको भएर जान्छ । बर्रो ११ सय मिटर उचाइमा रहेको तराई तथा भित्री मधेसका जंगलमा पाइने गर्छ । वैशाख–जेठमा फुल्ने बर्रो पतझर बिरुवामध्येमा एक पर्दछ । यसका विभिन्न औषधीय गुण हरु पाइन्छ । बर्रो कब्जियत रोगीका लागि एकदमै उपयोगी हुन्छ ।

दाँत वा गिजासम्बन्धी रोगको औषधि बर्रोको फलबाट बनाइन्छ । बर्रोको बियाँबाट निकालिएको तेल छालाको रोगका लागि उपयोगी हुन्छ । बर्रोको फल दम र खोकीका बिरामीका लागि लाभदायी हुन्छ ।बर्रोले मूत्रजलनलगायत मूत्रसम्बन्धी विकार हटाउन मद्दत गर्छ । चिसो पानीमा बर्रोको चूर्ण भिजाइएको पानीले बिहान उठेर आँखा धोएमा आँखाको ज्योति बढ्छ । तयसैले बर्रोको सेवन गर्दा यस्ता रोगबाट बच्न सकिन्छ ।

Comment