तुलसी सेवन गर्नुका फाईदाहरु



काठमाडौं । हामिलाई लाग्छ तुलसीलाई मठमा पुजा गर्नको लागि मात्र रोप्ने गरेका छौ धार्मिक मान्यताअनुसार तुलसीलाई भगवान् विष्णुको रूपमा लिइने गरिएको छ । तर तुलसी पुजा गर्नको लागि मात्र नभई विभिन्न रोग संग लड्ने क्षमता वृदि गरेको हुन्छ । तुलसी औषधीय गुण भएको बहुउपयोगी वनस्पति हो । यो हरेक रोगका लागि उत्तिकै उपयोगी छ ।

तुलसीलाई विभिन्न रोगको अचुक औषधिका रूपमा लने गरिन्छ । त्यसैले हरेक मानिसको घर घरमा यस्को बोट रोप्ने गरिन्छ । तुलसीलाई स्वास्थ्यका दृष्टिले एकदमै फाइदाजनक मानिन्छ । जाडोयाममा तुलसीको पात नियमित सेवन गर्ने हो भने विभिन्न रोगबाट बच्न सकिन्छ ।

यसले चिसोका कारण हुने कफ र छातीदुखाइ कम गर्छ । तुलसीलाई तातो पानीमा मिसाएर खाँदा टाउको दुखेको, चिसोको कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द भएको आदि समस्याको राहत मिल्छ । पेटको समस्या, श्वास गन्हाउने, यौनजन्य रोग, घाउ–खटिरा, बान्ता हुने, उच्च रक्तचापजस्ता रोगका लागि तुलसी एक अचुक औषधि हो ।यो सेवन गर्नाले बच्चाका लागिसमेत एकदम उपयोगी हुन्छ ।

Comment