घाँमले डढेको छालालाई यसरी गर्नुस उपचार



काठमाडौं । तपाईलाई कुन महिना मन पर्छ ? जाडो वा गर्मी । कतिलाई गर्मी महिनामा घाँमले छाला कालो बनाउने डरले गर्दा गर्मी महिना मन नपराउने गर्छन् । चर्को घाँमको कारणले गर्दा छाला कालो हुने गर्दछ । गर्मी महिनामा चर्को घाँमबाट कसरी बच्न सकिन्छ भन्ने कुरा आज बताउन गईरहेका छौं ।

काँचो दुधलाई एउटा नरम कपडाले अनुहारमा लगाएको खण्डमा अनुहारको छालामा चमक आउछ । दुधलाई छालामा लगाएको खण्डमा यसले छालालाई घाँमबाट बचाउँछ । छालालई घाँमबाट बचाउनको लागी घ्युकुमारी सँग मह मिसाएर लगाएको खण्डमा पनि छालालाई राम्रो हुन्छ । यदि तपाईको छाला निकै डढेको छ भने नरिवलको तेल लगाउन सकिन्छ । नरिवलको तेल जति राम्रो हुन्छ त्यतिनै यसले डढेको छालालाई समेत राम्रो गर्दछ ।

Comment