तपाईलाई ‘ग्रिन टी’ कतिको मन पर्छ ? ‘ग्रिन टी’ का फाईदाहरु यस्ता छन्



‘ग्रिन टी’ सबैले सुन्दै आएको विषय हो । धेरैले यो पिएर पनि अनुभव गरेका छन् । स्वस्थ रहनका लागि मानिसले ग्रिन टीको सेवन गर्नुपर्छ । यसको प्रयोगमा चिकित्सकहरूले पनि राम्रै सल्लाह, सुझाब दिने गरेका छन् । नेपालमा यसको ठूलो व्यवसाय भने छैन । तर, पछिल्लो समय इलामलगायत केही जिल्लामा भने यसको व्यावसायिक खेती गर्न थालिएको छ ।

एकैपटक धेरै ग्रिन टीको प्रयोग पनि फाइदाजनक मानिदैन । एक स्वस्थ मानिसले दिनमा ५ देखि ६ कप खानु राम्रो मानिन्छ । शरीर पातलो भएका व्यक्तिले दिनमा २ कप प्रयोग गरेको उपयुक्त मानिन्छ ।ग्रिन टीले मानिसमा दिमागको कार्य सञ्चालनमा राम्रो सहयोग पु¥याउँछ ।ग्रिन टीको प्रयोगले मानिसको शरीरमा भएको कोलेस्ट्रोलको मात्रा घटाउँछ ।

दिनभरिको थकान, अचानक आइपर्ने मानसिक तनाव कम गर्न पनि ग्रिन टीको प्रयोग उत्तम मानिदै आएको छ ।मानिसले ग्रिन टीको प्रयोग गर्दा उसको दाँत किराले खानबाट जोगाई गिजालाई स्वस्थ राखी विभिन्न संक्रमण हुनबाट बचाउँछ ।

Comment