सुन्दरी सृष्टीसँग रोमान्स गर्दा गर्दै भेटीए ह्याण्डस सनम, रवि ओडको गीतको चौतर्फी चर्चा



काठमाडौं । दोस्रो नेपाल आइडल रवी ओड र चर्चित गायिका प्रविशा अधिकारीको प्रतिक्षित गीत ‘उजाड यो’ एभरेष्ट ग्यालरीको आधिकारिक युट्युब मार्फत सार्वजनिक भएको छ ।

गीतकार बाल कृष्ण न्यौपानेको शब्द र सुनिल राइको संगितमा तयार भएको उक्त गीतको एभरेष्ट ग्यालरी टिमले एउटा उत्कृष्ट म्युजिक भिडियो निर्माण गरेको हो । हेर्दा कुनै नेपाली चलचित्रको गीत भन्दा कम नदेखिने उक्त भिडियो मुस्ताङका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको छ। मुकेश हुमागाइको छायांकन र टेकेन्द्र शाहले सम्पादन गर्नु भएको छ भने पछिल्लो समय चर्चामा रहनु भएका मोडलद्वय सनम कठायत र सृष्टि खड्काको प्रेमील अभिनय हेर्न सन्किन्छ ।

Comment