गर्मीमा भिन्डीको तरकारी किन खाने ?



काठमाडौँ । भिन्डी स्वादको लागी मात्र नभइ स्वास्थको लागी पनि उत्तिकै उपयोगी हुन्छ ।भिन्डीमा भरपूर मात्रामा पोषक तत्व पाइन्छ । जसले शरीरको पूर्ण विकासमा मद्दत पुर्‍याउँछ । यसमा क्याल्सियम, आइरन, जिंक, पोटेसियम, एन्टी९अक्सिडेन्ट्स पाइन्छ । गर्मीमा मानिसहरु चाढै थाक्ने गर्छन् ।

त्यसको कारण भनेको रगतमा ल्याक्टिक एसिड र अन्य केमिकलहरुको स्तर बढ्नु हो । तर, भिन्डीमा भएको पोषक तत्वले त्यस्ता रसायनहरुको स्तरलाई नियन्त्रण गर्छ र शरीरमा थकान घटाउनका लागी सहयोग गर्छ ।त्यस्तै भिन्डीको सेबनले शरीरको तौल घटाउन सहयोग गर्छ ।

भिन्डीमा डायटरी फाइबर हुन्छ जसले लामो समयसम्म तपाई पेट अघाएको महसुस गराउँछ । यस्तोमा तपाईले अतिरिक्त क्यालोरी लिनु हुन्न ।

Comment