निमका अचम्मका फाईदाहरु



काठमाडौं । खाँदा तितो भए पनि निम स्वास्थ्यका लागि निकै फाइदाजनक छ । निमलाई आर्युेवेदमा अमृततुल्य जडिबुटी मानिन्छ । निम बहुउपयोगी वृक्ष हो। यसको छायाँमा बस्दा वा नजिक रहँदा मात्र पनि धेरे रोग ठीक हुन्छ। उसका अचुक फाइदाहरु छन् ।निम, तुलसी, गुर्जी, ल्वाङ र सिधे नुन पानीमा पकाएर खाँदा ज्वरोबाट राहत पाइन्छ।

त्यस्तै गरी निमको सुकेको पात अन्न वा भकारीमा राख्दा कीरा लाग्दैन।निमको ९(१० वटा कलिलो पात घिउमा भुटेर खाँदा अरुचि कम हुन्छ।निमको पात दहीसँग पिसेर दादमा लगाउँदा दाद निको हुन्छ ।मको पानी सेवन गर्नाले दाँत र गिँजालाई चम्किलो, स्वस्थ र बलियो बनाउँछ ।

त्यस्तै यसको पातको रसले अनुहार तथा शरीरको छालाको रंग निखार ल्याउन पनि सहयोग गर्छ ।मको सुकेको पातको धुप जलाउँदा लामखुट्टे तथा अन्य जीव टाढा भाग्छन् भने निद्रा पनि राम्रो लाग्छ । निमको पात हालेर पकाइएको पानीले स्नान गरेर छालाका रोगीले लाभ प्राप्त गर्न सक्छन्।

Comment