हुम्लामा विद्युत कटौतीले एसइई विद्यार्थी प्रभावित



हुम्ला, २८ माघ : विद्युत कटौतीले चैतमा एसइई दिन सिमकोटमा ट्युसन लिँदै आएका विद्यार्थीलाई पनि समस्या बनाएको छ ।कोठा लिएर विद्युत्को सहारामा ट्युसन लिँदै आएका विद्यार्थीलाई दैनिक दिन १४ घण्टा विद्युत् भार कटौती हुँदा, रातिको समय पढ्न, खाना पकाएर खानसमेत समस्या भएको विद्यार्थी अमृत रोकायाले बताउनुभयो ।

“बिहान ट्युसन जानुपर्छ, दिउँसो कक्षा लिएर फर्कंदा बत्ती गएको हुन्छ, खाना खाने समय नै हुँदैन, कोठा लिएर बसेका हुन्छौँ, आगो बाल्ने चुलो हुँदैन, उता बत्ती पनि आएको हँुदैन”, एसइईको तयारी गर्दै आएका विद्यार्थी रोकायाले भन्नुभयो । वर्षेनी लाखौँ रकम खर्च गरेर विद्युत् मर्मत गरे पनि हिउँद शुरु भएसँगै हुम्लामा विद्युत् विद्यार्थीको बाधक बन्दै आएको छ ।तीन दिनको लामो हिमपातपछि सिमकोटमा विद्युत् वितरण केन्द्रले राति ७ बजेदेखि विद्युत् लाइन बन्द गर्दै आएको छ ।  (रासस)

Comment